मसाल निकट युवाहरुलाई कपिलवस्तुमा दिईयो प्रशिक्षण


रेशमराज रानाभाट
कपिलवस्तु, माघ ९गते । अखिल नेपाल युवक संघ कपिलबस्तुको एक दिने प्रशिक्षण कार्यक्रम भएको छ ।
नेकपा मसाल कपिलवस्तु जिल्ला प्रवक्तता माधवभाट क्षेत्रीको प्रमुख आथिथ्यतामा कपिलबस्तुको बनगाइमा प्रशिक्षणसहित बनभोज कार्यक्रमको आयोजना गरिएको थियो ।

त्यस अवसरमा बोल्दैै प्रवक्तता भाटले युवाहरु परिवर्तनका सम्वाहक र दक्ष तथा देशलाई आवश्यक पर्ने मुल शक्ति भएकाले युवाहरुलाई सही प्रकारको राजनीतिक सिकाउनु पर्नेमा जोड दिए । व्याक्तिगत इक्छा आकान्छा भन्दा माथि उठेर देश र जनताको पक्षमा यवाहरु लाग्नु पर्ने युवाहरु समयमै सचेत नभए सक्ता र शक्तिको आडमा देशमा अराजकता र भ्रष्टाचार झनै मौलाउने बताए ।
अखिल नेपाल युवक संघका पूर्व केन्द्रिय सल्लाहकार देबेन्द्र कुँवरले युवाहरुले गर्नुपर्ने भूमिकाको बारेमा बोल्दै युवाहरु देशका खम्बा भएको बताए ।

कार्यक्रममा अखिल नेपाल किसान संघका जिल्ला उपाध्यक्ष श्याम प्रकाश खनाल ,रक्तिम रुपन्देहीका प्रतिनिधि अमर थापा, रक्तिम कपिलवस्तुका प्रतिनिधि राजु गरिी लगायतले शुभकामना दिएका थिए ।
समिर बिक्रम केसीको अध्यक्षतामा र अजय पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।






















