सुमेरु सहकारीमा नयां नेतृत्व चयन

अध्यक्षमा नित्यान्द ज्ञवाली चयन

बुटवल, मंसिर ४ । रुपन्देहीको तिलोत्तमा नगरपालिका दुईमा सञ्चालित सुमेरु बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारण सभा तथा छैठौं अधिवेशन मनाएको छ । तिलोत्तमा नगरपालिका सञ्चालन हुंदै आएको सुमेरु बचत तथा ऋण सहकारीले बुटवल उपमहानगरपालिका १३ मा रहेको माण्डब्य सेवा समाजको प्राङणमा साधारण सभा तथा अधिवेशन शनिबार सम्पन्न भएको हो ।
सोही साधारण सभामा बोल्ने सहकारी अभियान्ताहरुले सहकारीको दीगो विकासका लागि राज्यको नीति नियम सहकारीमैत्री हुनुपर्नेमा जोड दिएका छन् ।
सहकारी सञ्चालन भएदेखि नेपालमा धेरै मानिस आत्मनिर्भर बनेकाले सहकारीको पहुंच हरेक नागरिकको घरदैलोमा पुराउने गरी राज्यले नीति ल्याउनु पर्ने उनीहरुको भनाइ छ ।
कार्यक्रममा बोल्दै सहकारी अभियान्ता लक्ष्मण ज्ञवालीले सहकारीका सात सिद्वान्लाई अक्षरांस पालना गर्नुपर्ने र सहकारी सञ्चालक इमान्दार हुनुपर्ने बताए ।
समूदायप्रति सहकारीहरु जिम्मेवार र जवाफदेही हुनुपर्ने उल्लेख गर्दै योजनाका साथ सहकारीलाई सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
पे्रस स्वतन्त्रता सेनानी तथा बरिष्ठ पत्रकार अर्जुन ज्ञवालीले सहकारीको वृद्वि विकास गरेर उत्पादनशील बनाउनु पर्ने बिचार ब्यक्त गरे ।
सहकारीले धेरैलाई आत्मनिर्भर बनाएकाले अब सहकारीलाई उत्पादनसंग जाडेर अगाडी बढाउनु पर्ने बताए ।
कार्यक्रममा प्राध्यापक डाक्टर हिरण्यलाल ज्ञवाली, राजु ज्ञवाली, रमा गिरी, किशोर ज्ञवाली लगायतले सहकारीको बारेमा आआफ्ना भनाइ राखेका थिए ।
सहकारीका अध्यक्ष ज्ञिलोचन ज्ञवालीको अध्यक्षता, उपाध्यक्ष लोकनाथ ज्ञवालीको स्वागत र हेम थापाको सञ्चालनमा भएको कार्यक्रममा कोषाध्यक्ष नित्यानन्द ज्ञवालीले आर्थिक प्रतिवेदन र इश्वर पोखरेलले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सुमेरु बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारण सभा तथा छैठौं अधिवेशनले नयां नेतृत्व निर्वाचित गरेको छ ।
नित्यानन्द ज्ञवाली अध्यक्ष रहेको नयां नेतृत्व र्विम्बित रुपमा चयन गरिएको हो । जसको उपाध्यक्षमा लोकनाथ ज्ञवाली, सचिव यज्ञप्रसाद ज्ञवाली, सहसचिव विन्द’देवी भण्डारी, कोषाध्यक्ष आत्मराम पन्थी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा हेम थापा, राजु ज्ञवाली, तारापति ज्ञवाली, रुद्र ज्ञवाली र रुकमागत पोखरेल, सरुस्वती ज्ञवाली, गोमा गैरे ज्ञवाली लगायत रहेका छन् ।
। शिक्षा समितिमा गोविन्द ज्ञवाली, कमला ज्ञवाली र युवराज न्यौपानेलाई चयन गरिएको छ । त्यस्तै अनुगमन समितिमा रामजीप्रसाद ज्ञवाली, पे्रम ज्ञवाली चयन गरिएको छ, भने एक जनापछि मनोनित गरिने छ । त्यस्तै ऋण समितिमा सकुन्तला खनाल, अन्जु खनाल चयन हुनुभएको छ भने एकजनापछि मनोनित गरिरने छ ।