एमसीसीविरुद्व बुटवलमा सार्वजनिक सुनुवाई

बिरुद्व बुटवल, मंसिर २७ गते । अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को चौतर्फी बिरोध भैरहेको छ।अमेरिकाले नेपालमा ल्याउन लागेको एमसीसी परियोजनाको बिदेशमा रहेका नेपालीलेसमेत बिरोध गरेका छन्। विकासलाई जोडेर ल्याउन लागिएको एमसीसी नेपाल र नेपाली जनताको हितमा नभएको भन्दै विभिन्न राजनीतिक दलले चर्को बिरोध गरिरहेका छन् ।नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा माले, नेकपा माओवादी केन्द्र समाजवादी, नेकपा वैज्ञानिक समाजवादी, विवेशशील साझा पार्टी लगायतका दलहरुले बुटवलमा एमसीसीको बिरोध गर्दै सार्वजनिक सुनुवाइ कार्यक्रम गरेका छन्। उक्त कार्यक्रममा बोल्ने दलका नेताहरुले एमसीसी नेपालको हितमा नभएको भन्दै खोरज नभए देशको स्वाधिनता, एकता र अखण्डतामा आंच आउने बताएका छन्। विकासको नाममा एमसीसी परियोजना नेपालमा भित्राएर आफ्ना सेना नेपाल भित्राएर साम्राज्य फैलाउने अमेरिकाको योजना फेल गराउनु पर्ने उनीहरुको भनाइ छ।

एमसीसीको नाममा नेपाली भूमि प्रयोग गरी चीनका बिरुद्व गतिविधि चलाउने अमेकिाको योजना भएकाले एमसीसी खारेज गर्नुको अर्को कुनै विकल्प नभएको राष्ट्रिय जनमोर्चाका नेता बद्रे आलमले बताउनु भयो। नेकपा क्रान्तिकारी माओवादीका पोलिट व्यूरो सदस्य पे्रम सुवेदी, नेकपा मालेका रघुनाथ अर्याल, नेकपा माओवादी केन्द्र समाजवादीका विनोद उपाध्याय, माक्र्सवादी विचार मञ्चका विनबहादुर कुंवर, राष्ट्रिय स्वाधिनताका लागि नागरिक अभियानका अध्यक्ष पदमबहादुर कार्की,इश्वरचन्द्र ज्ञवाली, श्याम विक लगायतले बोल्दै एमसीसी परियोजना खारेज नहुंदासम्म आन्दोलन देशव्यापी बनाउने बताएका छन्।
देजमोका रामप्रसाद पोखरेलको अध्यक्षता र राजमोका नेता टानबहादुर केसीको सञ्चालनमा कार्यक्रम भएको थियो।