कार्तिक १ गते एकल नृत्यको फाइर्नल

बुटवल, असोज ३० गते । मिलन कला केन्द्र बुटवलले सञ्चालन गरेको एकल नृत्य प्रतियोगिताको फाईनल सो यही कार्तिक १ गते हुंदै छ । फाईनलमा २० जनाले प्रतिष्प्रर्धा गर्ने छन् । मिलन कला केन्द्र बुटवलले बिहीबार पत्रकार सम्मेलन गरी सेमिफाईनलबाट फाईनल प्रतियोगिताका लागि २० जना छनोटमा परेको कला केन्द्रकी अध्यक्ष मिना बुढाथोकीले जानकारी गराईन ।

बुटवलको देविनगरस्थित थ्रिपयन्ट रिर्सोटमा हुने फाइनल प्रतियोगितामा इश्ना झेडी, आरोसी तामाडं, स्तुति अर्याल, प्राप्ती अर्याल, आदित्या भण्डारी, श्रीसा रोका, जेशमा थापा, बिपिसा थापा, सन्जय पौडेल, प्रज्ञा घर्ती मगर, कृतिमा ज्ञवाली, युविका राना, रिदिम टण्डन, रुजु पौडेल, प्रिती पल्ली, मेरिसा थापा, सानमी क्षेत्री, दुरविज्ञ डि पोखरेल लगायत २० जनाले प्रतिष्पर्दा गर्ने कार्यक्रम संयोजक दाबा शेर्पा दर्पणले जानकारी गराए ।

मिलन कला केन्द्रले “नो भोट, नो एसएमस” लागु गरेर नयाँ प्रतिभाको खोजिका लागि अडिसन शुरु गरेको थियो ।“नो भोट, नो एसएमस” लागू गरेर मिलन कला केन्द्रले प्रदेशस्तरीय एकल नृत्य प्रतियोगिता आयोजना गरेको थियो ।
गत ६ गतेबाट भएको प्रतियोगिताको फ्रि अडिसन राउन्डमा २ हजार ५ सय जना प्रतियोगि सहभागि थिए । १८ वटा स्कुलमा अडिसन गरिएको थियो ।

नो भोटिङ नो एसएमएस नारासहित प्रतियोगितामा प्रथम हुनेले ५१ हजार १ सय ११ सहित प्रमाणपत्र र मायाको चिनो पाउनेछन् । त्यस्तै दोस्रो हुनेले २१ हजार १ सय ११ र तेस्रो हुनेले १५ हजार १ सय ११ र सान्तवना हुनेले ५ हजार १ सय ११ रुपैयांसहित मायांको चिनो प्राप्त गर्नेछन् ।

त्यस्तै धेरै भ्यु,लाइक र शेयरका आधारमा छनौट हुने टीकटक प्रतियोगितामा पहिलो स्थान हासिल गर्नेले ५ हजार दोस्रोले ३ हजार र तेस्रो हुनेले २ हजार र सान्त्वना हुनेलाई १ हजार र मायाको चिनोसहित पुरस्कृति गरिने मिसन मगरले जानकारी गराए ।

फाईनल प्रतियोगिातका लागि प्रमुख अतिथिको रुपमा एभरेष्ट कल्चर गु्रपकमा संस्थापक अध्यक्ष, कल्चर प्रशिक्षक डाक्टर आरसी कोइराला आउने कार्यक्रम रहेको छ ।

उक्त प्रतियोगितामा गेटपासका लागि रु २ सय लाग्ने आयोजकहरुले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । प्रतियोगी, कलाकार, अतिथि, विभिन्न संघसस्थाका प्रतिनिधि, पत्रकार, जनप्रतिनिधि, प्रशासनलगायतलाई भने निःशुल्क गरिएको छ ।