मानव कल्याण मित्र मञ्चले मनायो चौथो वार्षिक उत्सव

बुटवल, पुस ११ .मानव कल्याण मित्र मञ्च नेपालले बालवालिका र महिलाको क्षेत्रमा काम गर्दै आएको छ । भातमा हराएका तथा अलपत्र परेका बालवालिका र महिलाको उद्वार गरी मानव कल्या मित्र मञ्चले नेपाल ल्याएर आफन्तलाई बुझाउने गरेको छ । ३ वर्षको अबधीमा भारतको विभिन्न ठाउंबाट आठ बालवालिका उद्वार गरेको मानव कल्या मित्र मञ्च नेपालले चौथौ वार्षिक साधरण सभा सम्पन्न गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका २ मा कार्यालय रहेको मञ्चले मानवीय सेवासंगै सामाजिक क्षेत्रमा क्रियाशील छ ।मित्र मञ्च नेपालका अध्यक्ष दुर्गाप्रसाद अर्यालले भारतमा हराएका वा अलपत्र परेका बालवालिका र महिलाहभए जानकारी गराउन आग्रह गरेका छन्।
बालवालिकाको अधिकार सुनिश्चित गर्नका लागि तिलोत्तमा नगरपालिकाले अगाडी सारेको बालमैत्री समाज निर्माणको अवधारणालाई सहयोग गर्ने अध्यक्ष अर्यालले प्रतिवद्वता जनाए।

मञ्चको चौथौ वार्षिक साधारण सभामा कोषाध्यक्ष शालिकराम गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, मञ्चका संरक्षण पुरुषोत्तम भट्टराई, पार्वता केसी लगायतले बोल्दै मानवीय सेवा नै धर्म भएकाले समाजका हरेक व्यक्ति समाजप्रति जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो। मञ्चका अध्यक्ष दुर्गाप्रसाद अर्यालको अध्यक्षता र सचिव कपिवता पन्थीको अध्यक्षतामा कार्यक्रम भएको थियो।
यस्तै अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा भब्य कार्यक्रम गर्ने, आगमी २०७८ चैत्र ९ गते संस्थाको स्थापना दिवस विशेष कार्यक्रमको आयोजना गरिने, गौतम बुद्ध जयन्तीको शुभ अवसरमा विश्व शान्ति र अहिंसाको सन्देश जनमानसमा पुराउने विशेष कार्यक्रमको आयोजना गरी दीप्रज्वलन गर्ने लगायतका कार्यक्रम गरिने चौथौ वार्षिक साधारण सभाले पास गरेको छ। कोरोना महामारिको बेला मानव कल्याण मित्र मञ्च नेपालले तिलोत्तमा नगरपालिकाको स्वामित्वमा सञ्चालित स्वास्थ्य सेवा केन्द्रलाई आइसियू बेड हस्तान्तरण गरेको थियो।