तिलोत्तमा नगरपालिकाद्धारा विद्यार्थीहरूसँग ट्राफिक सचेतना सम्बन्धि अन्तरक्रिया

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले नगरपालिका भित्रका विद्यार्थीहरुका लागि ट्राफिक सचेतना सम्बन्धि अन्तरक्रिया गरेकोछ । विद्यार्थीहरुलाई सचेतनाअभिवृद्धि गरेमा अन्य विद्यार्थीहरुका साथै अभिभावक समेतलाई जानकारी प्रवाह गर्न सहज हुने उद्देश्यले आज तिलोत्तमा भित्रका कलेजमा अध्ययन गर्ने प्रतिनिधि मूलक विद्यार्थीहरुलाई सचेतनामुलक कार्यक्रम गरेको हो ।

अन्तरक्रियामा बोल्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले ट्राफिक सचेतनाको काम विद्यार्थीहरुबाट नै अभियानको रुपमा थाललिन गर्दा बढी प्रभावकारी र दीगो हुने विश्वासका साथकार्यक्रम गरिएको बताउनुभयो । उहाँले अन्तरक्रियाबाट सिकेका कुरालाई समय अनुकुल फिल्डमा खटिएर सचेतना अभिवृद्धिमा लाग्न विद्यार्थीहरुलाई आग्रह गुर्नभयो । ट्राफिक प्रहरी कार्यालयका इन्सफेक्टर अमृत भन्डारीले दुर्घटना न्यूनीकरणका लागि विद्यार्थीहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले मानवीय असावधानी, यान्त्रिक समस्या, वतावरणीय प्रतिकुलता तथा सडकको अवस्था समेतले दुर्घटनाकालागि प्रत्यक्षभूमिका खेल्ने भन्दै यातयातको साधन चलाउँदा सवै पक्षमा विचार पुर्याउनु पर्नेमा जोड दिनुभयो ।

दुर्घटनाको झण्डै ३० प्रतिशत दुई पांग्रे सवारी पर्ने र दुर्घटनाको मुख्य कारण तिव्र गतिभएको उहाँले बताउनुभयो । प्रहरीसँग एक छिन कार्यक्रम संचालन गरिएको बताउँदै उहाँले यस्ता कार्यक्रमले दुर्घटना न्यूनीकरणका लागि भूमिका खेलको बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा तिलोत्तमाका प्रशासकीय प्रमुख प्रदीप पौडेल, नगरपालिकाका प्रवत्ता सुरेन्द्र श्री, सम्झना भण्डारीलगाएतले बोल्दै विद्यार्थीहरु सचेत भएमा दुर्घटना न्यूनीकरण हुनेमा आशाव्यक्त गर्नुभएको थियो । अन्तरक्रियामा नगरपालिकाका विभिन्न कलेजहरुबाट प्रतिनिधित्व हुने गरी ४७ विद्यार्थीहरुको सहभागिता रहेको थियो ।