पत्रकार केशव पराजुलीको निधन


बुटवल, असार २० गते । नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष केशव पराजुलीको शनिबार निधन भएको छ ।
क्यान्सर रोगबाट पीडित ५६ वर्षिय पत्रकार पराजुलीको पृथ्वीचन्द्र अस्पताल परासीमा निधन भएको हो ।

नवलपरासीमा रहेर झण्डै ३९ वर्ष लामो समय पत्रकारिता गर्दै आएका पराजुली पत्रकारिताका एक स्तम्भका रुपमा परिचित थिए । पत्रकारितामार्फत लोकतन्त्र, प्रेस स्वतन्त्रता र सामाजिक हितको पक्षमा योगदान पुराएका पराजुलीले नवलपरासीमा दर्ता भई २०४५ सालदेखि बुटवलबाट प्रकाशन सुरु भएको दैनिक लुम्बिनीमा संवाददाता भएर पत्रकारिताको यात्रा शुरु गरेका थिए ।
सदरमुकाम परासीमा स्थापना भएको पहिलो एफएम रेडियो ‘रेडियो परासी’मा समाचार सम्पादकका रुपमा काम गरेका पराजुलीले परासी पत्र साप्ताहिकको कार्यकारी सम्पादकको जिम्मेवारीसमेत सम्हालेका थिए । पाल्पाको ख्याहा पुख्र्याैली घरका पराजुलीका बुबा र काकाहरुले परासीमा सञ्चालन गरेको पुस्तक पसल व्यवसायलाई निरन्तरता दिन २०४३ सालमा परासी झरेको बताईउको छ ।

सरल स्वभाव, व्यावसायिक निष्ठा र पत्रकारिता प्रतिको समर्पणले जिल्लाको सञ्चार क्षेत्रमा विशिष्ठ पहिचान बनाएका पत्रकार केशव पराजुलीको निधनले नेपाली पत्रकारिता क्षेत्रको लागि अपूर्णनीय क्षती पुगेको छ ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–३ परासी बजारमा बस्दै आएका पराजुलीका श्रीमती, आमा र दुर्ई छोरी छन् ।
पत्रकार स्व. पराजुलीको असार २२ गते त्रिवेणी घाटमा सामाजिक परम्परा अनुसारु अन्तिम दाहासंस्कार गरिने घर परिवारिवारले बताएको छ । छोरीहरु देश बाहिर भएकाले छोरहिरु आएपछि दाहासंस्कार गरिने छ ।
स्व. पत्रकार केशव पराजुलीको निधनप्रति नेपाल पत्रकार महासंघ नवलपरासीले दुःख व्यक्त गर्दै श्रदाञ्जली अर्पण गर्दै घरपरिवारमा समवेदना प्रकट गरेको छ ।
लमो समय पत्रकारिता गर्दै आएका पत्रकार केशव पराजुलीको निधनप्रति नयां दिशा परिवारले दुःख व्यक्त गर्दै श्रदाञ्जली अर्पण गरेको छ ।























