मणिमुकुन्द सेन र उजिरसिंह थापाबारे लेखिएको पुस्तक विमोचन

बुटवल, असार २० गते । पत्रकार महेन्द्र थापालेलेखेको मणिमुकुन्द सेन र उजिरसिंह थापा –ब्यक्ति, ब्यक्तित्व र योदान नामक पुस्तक विमोचन गरिएको छ ।

बुटवलमा बसेर झण्डै तिन दशक लामो समयदेखि पत्रकारितामा रहेका थापाले हालचालै प्रकाशन गरेको पुस्तक शनिबार बुटवलमा विमोचन गरिएको हो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, बुटवल नगरपालिकाका पूर्व उपमेयरसमेत रहेका इतिहांस तथा संस्कृति विद् विमलबहादुर शाक्य र इतिहांस तथा संस्कृति विद् राजेन्द्र आचार्यले संयुक्त रुपमा उक्त पुस्तक विमोचन गरेका हुन् ।

लेखकसमेत रहेका पूर्व गुल्मी र हाल बुटवल कालिकानगर निवासी थापाले मणिमुकुन्द सेन र उजिरसिंह थापाको ब्यक्तित्व र योदानलाई समेटेर पुस्तक प्रकाशन गरेका छन् ।

६४ पेजको उक्त पुस्तकमा उजिरसिंह थापाले गरेका योगदानहरुलाई मितीसहित इतिहांस खाजेर लेखिएको पुस्तक खोज तथा अनुसन्धानका लागि उपयुक्त छ । लेखक महेन्द्र थापाले राजा मणिमुकुन्द सेन र नेपाल अंगे्रज युद्दका नायक कर्णेल उजिरसिंह थापालाई ऐतिहांसिक र महत्वपूर्ण व्यक्तित्व लागेर पुस्तक लेखेको बताए ।

पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले मणिमुकुन्द सेन र उजिरसिंह थापाले पुराएको योगदानको उच्च कदर गर्नुपर्ने बताए ।

संसारमा नहारेको अंगे्रज फौजलाई पररास्त गरेर नेपाली भूमि जोगाउन महत्वपूर्ण योगदान दिएका व्यक्तित्व उजिरसिंह थापाका कारण विश्वसामु शीर ठाडो पार्न पाईएको बताउंदै मणिमुकुन्द सेन र उजिरसिंह थापाको योदानको उच्च कदर गर्नुपर्ने र त्यसका लागि बुटवल उपमहानगरपालिकाले यस्ता हितमूलक कार्यक्रमलाई साथ सहयोग गर्ने प्रतिबद्दता जनाए ।

कार्यक्रममा इतिहांस तथा संस्कृति विद् विमलबहादुर शाक्य, बुटवल उद्योग वाणिज्य संघका अध्यष हरिप्रसाद अर्याल, नेपाल पत्रकार महासंघ लुम्बिनीका उपाध्यक्ष रामप्रसाद आचार्यले देशका लागि दिएको योगदान र इतिहास भुल्न नहुने बताउंदै मणिमुकुन्द सेन र उजिरसिंह थापाको योगदानलाई उच्च सम्मान गर्नुपर्ने बताए ।

अग्रज पत्रकार मदनलाल पौडेलको अध्यक्षता र पुस्तकका लेखक महेन्द्र थापाको सञ्चालनमा विमोचन कार्यक्रम भएको थियो ।