रोट्रयाक्ट लुम्बिनी स्टार्सको दोस्रो क्लब एसेम्बेली तथा फेलोशिप सम्पन्न

 

 

बुटवल/रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्सको दोस्रो क्लब एसेम्बेली तथा फेलोशिप कार्यक्रम विशेष समारोहकावीच तिलोत्तमा सम्पन्न भएको छ ।
तिलोत्तमा नगरपालिका–१३ सेमरीस्थित सखिया थारु सामुदायिक होमस्टेमा आयोजित कार्यक्रमका बोल्ने बक्ताहरुले युवाहरुको व्यक्तित्व विकास र क्षमताको सदुपयोगको लागि समााजसंग जोडिएर काम गर्नु पर्ने धारणा राखेका थिए । बक्ताहरुले रोटरीको माध्यमबाट युवाहरुवीचको सद्भावलाई एकतामा विकास गरेर समाजिक उत्तरदायित्वको विषयमा आफुहरुलाई परिर्वतन गर्न नसक्नु नै युवाहरुको जिम्मेवारी भएको बताएका थिए ।
कार्यक्रममा बोल्दै रोट्रयाक्टका जोन २१ का जेडआर(Zonal rotaract representative) कृष्ण भुसालले रोटरीले युवाहरुलाई अनुसाशित बनाउदै उनीहरुको क्षमता विकासमा ध्यान दिदै आएको बताउनु भयो ।
कार्यक्रमका विशिष्ठ अतिथि क्लकका स्थापक अध्यक्ष विमल ढकालले समाजप्रतिको दायित्वलाई युवाहरुले बुझ्न नसकेमा आफ्नो क्षमतालाई पनि बुझ्न नसक्ने बताउदै युवा शक्तिलाई अनुसाशित र क्रियाशिल बनाउन सकै लाग्नु पर्ने बताउनु भयो ।
रोटरी क्लब अफ लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष यादव प्रसाद भण्डारीले समाज परिर्वतनमा युवाहरुको भूमिका महत्वपूर्ण हुदा समाजप्रतिको जिम्मेवारीलाई वहन गर्न आग्रह गर्नु भयो ।
क्लबका अध्यक्ष मुक्ति भण्डारीले क्लबको गरिमा र प्रतिष्ठाप्रति आँच आउने कुनै पनि काम नगर्न सदस्यहरुलाई आग्रह गर्दै क्लबका गतिविधिहरुमा सक्रिय भएर भएर लाग्न अनुरोध गर्नु भयो ।


कार्यक्रममा २०२२÷२३ का लागि इलेक्टेड बोर्डको घोषणा गरिएको थियो । जसमा क्लब अध्यक्षमा योगेन्द्र कँडेल, इलेक्टमा जया भण्डारी, नोमिनेटमा सुदिप न्यौपाने, भिपी फस्टमा राजिवजंग कुँवर, सेक्रेटरीमा सरोज पाण्डे, ज्वाइण्ट सेक्रेटरीमा गौरव पाण्डे, टे«जरमा सम्राट सापकोटा, ज्वाइण्ट टे«जरमा सभ्यता केसी, क्लब सर्भिस डाइरेक्टरमा नवराज पन्थी, इन्टरनेशलन सर्भिस डाइरेक्टरमा आशिष ढकाल, कम्युनिटि सर्भस डाइरेक्टरमा अमित थापा, प्रोफेसनल सर्भिस डाइरेक्टरमा ममता ज्ञवाली, आइटी अफिसरमा नारायण ज्ञवाली, फण्ड राइजिङ चियरमा सुजल पौडेल, स्र्पोट्स चियर पर्सनमा सुस्मा पाण्डे, मेम्वरसिप डाइरेक्टरमा अविरल खनाल, फन राइजिङ चियरमा अभिषेक पोखरेल, इडिटर प्रकाश भण्डारी, पब्लििक इमेजमा अस्मीता काफ्ले, इन्ट्रयाक कोडिनेटर मदल ज्ञवाली, एसजीटी आर्मस फस्टमा राधा पाण्डे र सेकेन्डमा लेन्स पाण्डे रहेका छन् ।
कार्यक्रम क्लबका अध्यक्ष मुक्ति भण्डारीको अध्यक्षता तथा सचिव सुदिप न्यौपानेको सञ्चालनमा भएको थियो ।