रोल्पामा सवारी दुर्घटना हुंदा १७ जनाको मृत्यु

बुटवल, बैशाख १७ गते । रोल्पाको जलजला क्षेत्रमा बिहीबार बोलेरो जीप दुर्घटना हुंदा १७ जनाको मृत्यु भएको छ । धार्मिक तथा पर्यटकीयस्थल रुकुमपूर्वबाट जलजला जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो थबाङ गाउँपालिका–१, जलजलामा भीरबाट खस्दा घटनास्थलमै १७ जनाको मृत्यु भएएको स्थानीय प्रत्यक्ष दर्शीले बताएका छन् ।

भोली शुक्रबार पूर्णिमाको दिन हुने बराह पूजामा सहभागी हुन जाँदै गरेका यात्रुहरू बोकेको बोलेरो जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परि मृत्यु भएकाहरुको अझै पहिचान खुल्न नसेको र उद्दारकार्य भैरहेको स्थानीयले बताएका छन् ।

जलजलामा वैशाख र जेठ पूर्णिमाका दिन विशेष पूजाआजा हुने गर्दछ ।