योगा अभ्यासमा मानिस आर्कषित


बुटवल, जेठ २७ गते । पछिल्ला केही वर्ष यतादेखि मानिसहरु योगा ध्यानमा केन्द्रित हुन थालेका छन् । दैनिक उपभोग्य वस्तु उत्पादन गर्दा रासायनिक मलको प्रयोग गर्दा आममानिसको स्वास्थ्यमा प्रतिकुल असर पर्दै गएको छ ।

मन्द विषादी खाद्यान्न खानुपर्ने बाध्यता र मानिसको जीवनशैलीमा बिलासिताको हुंदे गएपछि स्वास्थ्यमा असर परेपछि मानिसहरु योग ध्यानमा केन्द्रित तथा आर्कषित हुदै गएका छन् ।
अर्गानिक खाद्यान्न उत्पादन ह्रास हुदै जानु र गाउं छोडेर बढी शहरिया हुन थालेपछि आममानिसको स्वासथ्य खानपिनकै कारणले अस्वस्थ्य हुन थालेको स्वास्थ्य विज्ञहरुको भनाइ छ ।

गाउंमा भन्दा शहरमा बस्ने मानिसहरुको स्वास्थ्य बढी बिग्रदो भएकाले अहिले शहर तथा बजार क्षेत्रका टोलटोलमा नै योग शिविरहरु सञ्चालन हुन थालेका छन् ।
गाउं घरमा पनि योग शिक्षा तथा योग अभ्यास गर्नेहरुको संख्या क्रमस बड्न थालेको योग गुरुहरुको भनाइ छ । यस्तै रोल्पाको सुनिल स्मृति गापा रोल्पा २ खुङ्रीमा योगा प्राणायाम ध्यान कार्यक्रम सञ्चालन भएको योग गुरु डा. ओमहरि भट्राईले बताए ।























