मिडिया हाउस अगाडि खडा गरिएका गाडी क्रेन लगाएर हटाइयो


काठमाडौं, असार २९ गते । कान्तिपुर, अनलाइन खवर र हिमालयन टिभी मिडिया हाउसहरुका गेट अगाडि शंकास्पद पार्किङ गरिएका गाडीलाई प्रहरीले क्रेन लगाएर हटाएको छ ।

सोमबार बिहान कान्तिपुर पब्लिकेशन, अनलाइन खबर, हिमालय टीभीको गेट अगाडि गाडी तेस्र्याएर अन्य गाडी प्रवेश गर्न नमिल्ने गाडी राखिएको थियो ।
उक्त गाडीहरु प्रहरीले क्रेन लगाएर हटाएपनि कसले र के प्रयोजन तथा उद्देश्यले राखेको हो भन्ने नखुलेको प्रहरीले बताएको छ।
























