गोलभेंडाले मुल्य नपाएपछि किसानले सडकमा फालेर प्रदर्शन

बुटवल, असार ३१ गते । मुल्य नपाईएको भन्दै किसानले काठमाण्डौमा गोलभंडा सडकमा फालेर प्रदर्शन गरेका छन् ।

सडकमा गोलभेडा फाल्दै किसानहरुले काठमाण्डौको माइतघिर मण्डलामा बिचौलीया मोटाउने र हामले मुल्य नपाएको गुनासो गरेका छन् । उनीहरुको कृषि उत्पादनलेृ मुल्य पाउनु पर्ने र बिचौलीय हटाउनु पर्ने माग छ ।

गोलभेँडासहित कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य मूल्य तोक्न सरकारसंग माग गर्दै कृषि बिमा लागु गरेर देशलाई आत्मनिर्भर गराउने खालका कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरेका छन् ।

कृषि फमहरुबाट गोलभेँडा ल्याएर माइतिघर मण्डलामा जम्मा भएका किसानहरुले गोलभेंडा सडमा फाल्दै कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीविरुद्ध नाराबाजी गर्दै सरकार र मन्त्रीको आलोचना गरेका थिए ।