एमसिसी नेपाल र नेपालीको हितमा छैन– सुवेदी

बुटवल,माघ२१गते।बैद्य नेतृत्व नेकपा क्रान्तिकारी माओवादीले एमसिसी सम्झौता, सीमा अतिक्रमण र महङीको बिरोध गरेको छ। विकासको नाममा ल्याउन लागिएको एमसिसी सम्झौता परराष्ट्र नीति विपरित भएको नेकपा क्रान्तिकारी माओवादीका नेताहरुले बताएका छन्। शुक्रबार बुटवलको देवीनगरमा आयोजित बिरोध कार्यक्रममा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य पे्रम सुवेदीले एमसिसी सम्झौता नेपाल र नेपालीको हितमा नभएको दावी गरे। उनले एमसिसी सम्झौतासंग तेश्रो विश्वयुद्वसंग जोडिएको र नेपालमा बैदेशिक हस्तक्षेप बढेको बताउनुभयो। विकासको नाममा नेपालबाट चीनका बिरुद्व सैन्य गतिविधि सञ्चालन गर्नअमेरिकाले नेपालमा एमसिसी परियोजना ल्याउन लागेको बताए। नेता सुवेदीले अहिलेसम्मका सबै सरकारहरु राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा जनहितमा कुनै काम गर्न नसकेको गुनासो गरे। नेकपा क्रान्तिकारी माओवादी निकट टे«ड युनियन महासंघका भिमलाल काफ्लेले देश र जनततको हित बिपरित रहेको एमसिसी सम्झौता,भारतले गर्दै आएको सीमा अतिक्रमण र दैनिक रुपमा बढ्दै गएको महङी,भ्रष्टाचार बिरुद्व सरकार बोल्न नसकेको बताए।विनोद मरासिनीले विकासको नाममा राष्ट्रियता कमजोर बनाउने खालको एमसिसी सम्झौता बिरुद्व राष्ट्रवादी शक्तिबीच एकता आवश्यक रहेको बताए। नेकपा क्रान्तिकारी माओवादीले राष्ट्रियताको पक्षमा, भ्रष्टाचार, महङी, सीमा अतिक्रमण र एमसिसी परियोजनाका बिरुद्व एकल र संयुक्त रुपमा आन्दोलनमा जाने बताएको छ।