प्रलेस रुपन्देहीको नवौ सम्मेलन फागुन २१ मा

बुटवल,फागुन१६ गते। प्रगतिशील लेखक संघ रुपन्देहीले आफ्नो नवौं जिल्ला सम्मेलन गर्ने भएको छ।
यही फागुन २१ गते नवौं सम्मेलन गर्ने तयारी गरिएको प्रलेस रुपन्देही अध्यक्ष दलबहादुर गुरुङले जानकारी गराएका छन्।
प्रगतिशील लेखक संघ केन्द्रले दिएको समयमा आयोजना गरिएको नवौ जिल्ला सम्मेलन बुटवल उपमहानगरपालिकाको सभाहल हुनेछ। प्रलेस रुपन्देहीको १४ औं बैठकको निर्णय अनुसार नवौ सम्मेलन आयोजना गरिएको हो। प्रलेस रुपन्देहीले आआफ्नो सदस्य नविकरण सबैलाई आग्रह गरेको छ।
प्रगतिशील लेखकीय क्षेत्रमा वा विभिन्न बिद्यामा कलम चलाउनेहरुका लागि नयां सदस्य उपलब्ध गराउन खुल्ला गरिएको छ। सम्मेलनको अघिल्लो दिन वा फागुन २० गते भित्र नयां सदस्यका लागि सदस्यता खुलाइएको सचिव श्यामलाल पोखरेलले जानकारी गराएका छन्।