गुल्मीमा प्रगतिशील पत्रकार संघ क्रियाशील

गुल्मी,फागुन२५गते।प्रगतिशील पत्रकार संघ, नेपाल गुल्मीको अध्यक्षमा हरि न्यौपाने चुनिएका छन् । नेकपा मसाल र राष्ट्रिय जनमोर्चाको विचारसंग नजिक भएका पत्रकारहरुको भेलाले हरि न्यौपाने अध्यष रहेको प्रगतिशील पत्रकार संघ नेपालको गुल्मी जिल्ला समिति गठन गरेको हो ।
संघको उपाध्यक्षमा शंकरप्रसाद पोखरेल, सचिवमा हरिकुमार केसी, सह सचिवमा अस्मिता पुन, कोषाध्यक्षमा लेखान्त पुन र सदस्यहरुमा चन्द्र पुन, लिला कुंवर, गंगा पुलामी, ओम श्रीस, हरि पुन र अर्जुन न्यौपाने रहेका छन् ।
उक्त भेलामा बोल्दै प्रगतिशील पत्रकार संघका केन्द्रिय सदस्य शंकरप्रसाद पोखरेलले प्रगतिशी पत्रकार संघ श्रमजीवि वर्गको उत्थान र अधिकारको पक्षपाती भएको बताए । उनले पे्रस स्वतन्त्रता, मानव अकिार,राष्ट्र,राष्ट्रियताको पक्षमा भ्रष्टाटाचार, अनियमितताको विपक्षमा कलम चलाउनु पर्नेमा जोड दिए ।
राष्ट्रिय जनमोर्चाका नेता छविलाल सर्तुङेले संघीयताले कमजोर भैसकेको देश संसदबाट अमेरिकी परियोजना एमसीसी पास भएपछि अहिले देश संकटको घडीमा रहेकाले पत्रकारहरुले त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन् ।