एमसीसी खारेजीको माग सहित ९ दल विरोधमा

मंसिर ७, बुटवल । मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संझौता खारेजीको माग सहित बुटवलमा ९ दलले विरोध जनाएका छन् ।
आइवार जिल्लामा क्रियाशील ९ राजनीतिक दलहरुले एमसीसी तथा असमान सन्धीसम्झौताहरु खारेजीको माग सहित बुटवलमा सभा गरेका हुन् ।
संयुक्त कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रिय जनमार्चाका केन्द्रिय उपाध्यक्ष बद्रे आलमले किसानहरुका समस्यामा सरकारले कुनै सरोकार नराखेको भन्दै किसानहरुलाई मल, विउ समय मै उपलव्ध गराउन माग गरे । उनले किसनका समस्याहरुलाई राज्यले उपेक्षा गर्न नहुनेमा समेत जोड दिए ।
विरोध सभालाई सम्वोधन गर्दै नेकपा (मसाल) रुपन्देहीका प्रवक्त नारायण जि.सी.ले कालापानी, लिम्पियाधुरा, लिपुलेखलगाएतका अतिक्रमित भूमि फिर्ता हुनुपर्नेमा जोड दिए । उनले सरकार कालोबजारी, महंगी र भ्रष्टाचार नियन्त्रण खरोरुपमा उत्रन नसकेको बताए ।
नेकपा (संयुक्त)का पोलिटव्यूरो सदस्य कृष्ण बहादुर गुरुङले कारोना उपचारमा भएको अनियमितताले सरकार बदनाम भएको बताए । उनले कारोना संक्रमणबाट संक्रमितहरुको राज्यले निशुल्क उपचार गर्नुपर्ने माग गरे ।
देशभक्त जनगणतान्त्रिक मोर्चा लुम्बिनी प्रदेशका सचिव तेजविक्रम शाहीको अध्यक्षता, राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिका कोषध्यक्ष गणेश गौतमको संचालन भएको कार्यक्रममा नेकपा (माले) लुम्बिनी प्रदेश सचिव चन्द्रकान्त आचार्य, नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रिय सदस्य समीर केसीलगाएतले बोल्दै बैदेशिक हस्तक्षेपको विरोध गर्नुको विकल्प नरहेको बताए ।
कार्यक्रममा नेकपा( मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्टिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा( माओवादी केन्द्रि), राष्टिय जागरण मंच, राष्टिय जागरण परिषद, नेकपा मास्कवादी (पुष्पलाल)लगाएतका ९ दलले विरोध साभा गरेका हुन् ।