सैनामैनामा गठबन्धनप्रति मतदाता आर्कषित

शारदा पाण्डे
सैनामैना,बैशाख १९ गते।गते।स्थानीय निर्वाचको परिणाम आफ्नो पक्षमा पार्ने गरी रुपन्देहीको सैनामैनामा दलहरु घरदैलो अभियान लागेका छन् । निर्वाचन नजिकिएसंगै नगरवासीको घरदैलोमा गएर दलहरुले आफ्नो पक्षमा मत मागेका छन्। मतदातालाई आर्कषित गर्ने गरी गठबन्धनको टिमले आफ्नो घरदैलो अभियानलाई तीव्रता दिएको छ ।घरदैलो अभियानमा राष्ट्रिय जनमोर्चा, एमाले, जसपा, राप्रपा लगायतका दलहरु प्नि घरदैलो अभियानमा लागेका छन् ।उत्साहित रुपले गठबन्धनको टिम घरदैलो अभियानमा लागेपछि स्थानीय जनता बढी गठबन्धनका उम्मेदवारीप्रति बढी आर्कषित भएर लागेको सैनामैनाका लोकहरि सापकोटाले बताए ।आफ्नो मतदातामा नामावली यहां नभएको र कुनै पार्टीको सदस्य नभएपनि सैनामैनाका धेरैजसो मान्छे गठबन्धनमा लागेको उनले बताए ।मतदातालाई उत्साहित बनाउन गठबन्धनका उम्मेदवारहरुले घरदैलो गर्दै जनताका समस्या नजिकबाट बुझ्ने गरेपछि स्थानीयको बढी झुकाब गठबन्धनमा देखिएको छ ।गठबन्धनका तर्फबाट सैनामैना नगरपालिकाको प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका फणेन्द्रप्रसाद शर्माले थारु जातिमा हुने सिकलसेल एनिमियाका विरामीको निःशुल्क उपचारको व्यवस्था गर्ने र अन्य सबै समस्याको समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।सिकलसेल एनिमियाको रोगसंगै सैनामैनामा अरु क्यान्सर, मृगौला र मुटु रोगका विरामी समेत रहेको र उनीहरुको समेत भरपर्दो उपचारको व्यवस्था नभएकोले अव आफूहरुले उनीहरुको उपचारका लागि समेत ध्यान दिने गठबन्धनबाट मेयर पदका उम्मेदवार शर्माको भनाई छ ।सैनामैनामा सोमबार आयोजित चुनावी सभामा बोल्दै मेयर पदका उम्मेदवार शर्माले बुटवलसम्म उपचारका लागि जानुपर्दाको निशुल्क यातायातको व्यवस्था गर्ने प्रतिवद्धतासमेत जनाएका छन् ।कार्यक्रममा गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार नेकपा माओवादी केन्द्रका मानवहादुर महत (नारायण) ले गठबन्धनका उम्मेदवारहरुलाई जनताले भोट दिए सुनौलो र नौलो सैनामैना बनाउने प्रतिबद्धता जनाए।