भूमिकास्थानको मेयरमा राजमोका झविलाल थापा विजयी

बुटवल,जेठ३ गते। अर्घाखांचीको भूमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चाका नेता झविलाल थापा विजयी भएका छन्।गठबनधनको तर्फबाट मेयर पदमा उठेका थापाले ८ हजार ३ सय ४४ मत ल्याएर विजयी भएका हुन्। झिवलाल थापाले एमाले प्रतिष्द्वन्द्वीले भन्दा ८ सय बढी मत ल्याएर मेयरमा जितेका छन् ।उपमेयरमा गठबन्धनको तर्फकबाट एमाओवादीका वालकृष्ण बञ्जाडे विजयी भएका छन्। उपमेयरमा बञ्जाडेले ७ हजार ५ सय ९८ मत ल्याएर विजयी भएका छन् ।