‘सरकारले चासो नदेखाउंदा देशमा भ्रष्टाचार बढ्यो’

श्यामलाल पोखरेल

बुटवल । भ्रष्टाचार न्यूनीकरणमा सरकारले चासो नदेखाउंदा देशमा भ्रष्टाचार बढेको सरोकारवालाले बताएका छन् । सरकारले राजनीतिक रुपमा भ्रष्टाचारीलाई संरक्षण गरेकाले भ्रष्टाचार बढेको उनीहरुको दावी छ ।

तिनै तहका सरकारमा भ्रष्टाचार बढेकाले सबै मिलेर भ्रष्टाचार न्यूनीकरण गरी समाजमा सुशान कायम गर्नुपर्ने बताए । भ्रष्टाचार बिरुद्वको अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा पारदर्शी सरोकार समूहले बुधबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै सरकार नै भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाए । भ्रष्टाचार नरोकिए राज्य प्रणाली असफल हुने र लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने उनीहरुको साझा भनाई छ । राजनीतिक दलबाटै बढी मात्रमा भ्रष्टाचार मौलाएको सोही कार्यक्रममा बोल्ने सहभागी वक्ताको दावी छ ।

सोही कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले भ्रष्टाचार बढेको स्वीकार गर्दै भ्रष्टाचार जनता र राष्ट्रको लागि रोग भएको बताउनुभयो । भ्रष्टाचार विकासको बाधक भएको उल्लेख गर्दै भ्रष्टाचार हिजो पनि थियो र आज पनि यथावत छ भन्नुभयो । उहांले राष्ट्रसेवक कर्मचारीलाई ५ सय घुस दिएर एउटो काम गरेको स्मरण गर्दै भ्रयटाचारमा सरकारलाई मात्र दोष दिन हुन्न सबै मिले भ्रष्टाचार न्यूनीकरण गर्नुे बताउनुभयो । उहांले दलका कार्यकर्ता नैतिकहिन भएकाले पनि भ्रष्टाचार बढेको बताउनुभयो ।

लुम्बिनी प्रदेश नेपाली कांगे्रसकी प्रमुख सचेतक निर्मला क्षत्रीले नीति, नियम कार्यान्वयन नहुंदा र राजनीतिक दलमा पारदर्शीता नहुंदा भ्रष्टाचार बढेको बताउनुभयो । उहांले शिक्षा, स्वास्थ्य, कृषि, विभिन्न विकासका योजना र कोरानामासमेत सरकारले भ्रष्टाचार गरेको आरोप लगाउनुभयो ।

लुीमबनी प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले भ्रष्टाचार निर्मुल पार्न राजनीतिक दल सच्चिनु पर्ने बताउंदै राम्रो बनाउने नाममा देशले धान्ने नसक्ने खालको संविधान बनाइएको बताउनुभयो । सरकारी वकिल कार्यालय बुटवलका सह न्यायधिवक्ता मोहनकुमार बस्यालले सबै क्षेत्रमा भ्रष्टाचाबाट मुक्त हुन नसकेको बताउंदै अख्तियारमासमेत भ्रष्टाचार हुने गरेको बताउनुभयो । सरकार र राजनीतिक दलले हरेक निकायमा आफ्ना मान्छे सिफारिस गर्ने परिपाटीले भ्रष्टाचारलाई टेवा पुराएको बताउनुभयो । निर्वाचित कर्मचारीहरुबाट भ्रष्टाचार हुंदा अहिलेको गणतान्त्रिक व्यवस्था बदनाम भएको बताउनुभयो ।

संस्थाका महासचिव दीपक ढकालले टान्सपरेन्सी इन्टरन्याशनलको नकारात्मक नतिजा आउनुमा राज्यका गतिविधि नै जिम्मेवार रहेको बताए । उनले भ्रष्टाचार न्यूनीकरण नगर्दा सम्म देश विकास हुन नसक्ने भन्दै संरचना सुधारमा लाग्नु पर्नेमा जोड दिए ।

लेकख तथा साहित्यकार ऋषि आजादले भ्रष्टाचार रोक्नमा राजनीतिक दल र सरकारले चासो नदिंदा खुलम खुला भ्रष्टाचार भएको बताउनुभयो । कार्यक्रममा नेपाली कांगे्रसका ज्याेति भण्डारी, बुटवल उद्योग वाणिज्य संघका कार्यवहाक अध्यक्ष उज्जवल कसजु, कानुन व्यवसायी जोगबहादुर खत्री, घनश्याम पन्थ, सुरेन्द्र यादव, शंकर कोइराला,  हरि अर्याललगायतले बोल्दै सरकारसंगै प्रतिपक्ष दलपनि भ्रष्टाचारमा संलग्न रहेको बताउनुभयो ।

महेन्द्र पाण्डेको अध्यक्षता र विक्रम खड्काको सञ्चालनमा कार्यक्रम भएको थियो ।