नवज्योति बोर्डिङमा तेक्वान्दो खेलाडीको पेटी परीक्षा सम्पन्न

बुटवल,जेठ२९गते। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ मा सञ्चालित नवज्योति बोर्डिङ स्कुलले शिक्षासंगै खेलकुंद क्षेत्रलाई प्राथमिकता दिएको छ। शिक्षाको ज्ञानसंगै विद्यार्थीलाई खेलले स्वस्थ्य र अनुसासति बनाउने भएकाले खेल विद्यालाई प्राथमिकतमा रारिएको विद्यालयका प्राचार्य टोपबहादुर केसीले बताए ।खेल क्षेत्रलाई प्राथमिकता दिएको नवज्योति बोर्डिङ स्कुलमा अन्तर्राष्ट्रिय तेक्वान्दो संघ रुपन्देहीले तेक्वान्दो खेलाडीहरुको बेल्ट टेस्ट (पेटी परीक्षा) भएको छ।      बेल्ट टेस्ट (पेटी परीक्षा) तेक्वान्दो संघ रुपन्देहीमा आबद्ध विद्यालयहरुको सहभागितामा सम्पन्न भएको हो। जसमा नव ज्योति बोडिङ स्कुल चार नम्बर,शान्ति माध्यामिक विद्यालय मणिग्राम, नविन औद्योगिक कदर बहादुर रिता उच्च माध्यामिक विद्यालय देवीनगरका ७५ जना खेलाडीको सहभागिता रहेको थियो ।कार्यक्रममा नवज्योति बोर्डिङ स्कुलका प्राचार्य टोपबहादुर केसी, ईडीआई ग्लोबल एजुकेसनका कमल ज्ञवाली, केशव कुँवर, राजन रसाइली, बिन्दु चौधरीले बोल्दै खेल खेलले हरेक मानिसलाई स्वस्थ्य र अनुसासित बनाउने भएकाले खेलसंग जोडिएका कार्यक्रमहरुमा सबै क्षेत्रको सहभागिता गराउनु पर्नेमा जोड दिए ।खेलले हरेक विद्यार्थी तथा मानिसमा आत्मबल बढाउने र उर्जा थप्ने भएकाले हरेक मानिसको जीवनका लागि खेल आवश्यक पर्ने बताए।