जन्मदिनमा युवा व्यवसायी नविन पोखरेलद्वारा रक्तदान

बुटवल, असार १४ गते। घर परिवारमा समिति रहेर मनाउने जन्मदिन पछिल्ला दिनहरुमा सामाजिक रुपमा योगदान दिने गरी मनाउन थालिएको छ। विशेष गरेर समाजप्र्रति जवाफदेही हुन चाहाने मानिहरुले सामाजिक ढंगले आफ्नो जन्मदिन मनाउन थालेका छन्।बुटवलका युवा व्यवसायी नविन पोखरेलले केही वर्ष यतादेखि समाजमा योगदान पुराउने गरी रक्तदान गरी जन्मदिन मनाउने गरेका छन्।रगतको अभावले कोही कसैले पनि ज्यान गुमाउने नपरोस भन्ने उद्वेश्यले रक्तदान कार्यक्रमको आयोजना गरी जन्मदिन मनाएको नविन पोखरेलले बताए। मंगलबार बुटवलको रक्तसञ्चार सेवा केन्द्रमा उनले जन्मदिनको अवसर पारेर रक्तदान कार्यक्रम गरका हुन् ।।उक्त रक्तदान कार्यक्रममा आफुले पनि रक्तदान गरे। रक्तदान कार्यक्रममा ४० पोका रगत संकलन भएको रक्तसञ्चार सेवा केन्द्र बुटवलकी सहायक प्रशासन प्रमुख तथा वरिष्ठ ल्याव टेक्निसियन राधा शर्माले जानकारी गराउनु भयो।जन्म दिनमा हुने फजुल खर्च कटौती गरी व्यवसायी पोखरेलले विगत ४ वर्ष यतादेखि रक्तदान कार्यक्रम गर्दै आएका छन् ।