बुटवल मण्डपको नाम परिर्वतनप्रति राष्ट्रिय जनमोर्चाको बिरोध

बुटवल,असार१५गते।बुटवल मण्डपको नाम परिर्वतन गरी गिरिजा प्रसाद कोइराला बुटवल मण्डप नामाकरण गर्ने बुटवल उपमहानगरपालिकाको निर्णयको राष्ट्रिय जनमोर्चाले बिरोध गरेको छ । बुटवल उपमहानगरपालिकाको आ.व.२०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रममा बुटवल मण्डपको नाम परिर्वतन गरी गिरिजाप्रसाद कोइराला बुटवल मण्डप नामाकरण गर्ने प्रस्ताव गरेको थियो।उक्त निर्णय पुनरविचार गर्न र बुटवल मण्डपको नाम परिर्वतन नगर्न राष्ट्रिय जनमोर्चाले आग्रह गरेको छ । राष्ट्रिय जनमोर्चा बुटवल नगर अध्यक्ष पदम श्रेष्ठले विज्ञप्ती जारी गरी श्रेय लिने नाममा नाङ्गो प्रकारले राजनीति गरिएको भन्दै नाम परिवर्तन गर्ने निर्णयप्रति आपत्ति जनाएका छन् । ।निर्वाचनका सयममा एउटै गठबन्धनमा रहेर अगाडी बढेको अवस्थालाई विर्सेर सामान्य राजनैतिक मूल्य मान्यता र संस्कारको सहकार्यको संस्कार तोड्दै एकल निर्णयबाट गरिएको निर्णयमा राष्ट्रिय जनमोर्चाको बुटवल मण्डपको नाम परिर्वतन गर्ने निर्णयमा सहमति नभएको विज्ञप्तीमा उल्लेख छ ।सामान्यतया वार्षिक नीति तथा कार्यक्रम बनाउंदा नगरको विकासमा सरोकार राख्ने सम्बद्ध निकायहरुसंग राय सल्लाह नै नगरी वार्षिक नीति तथा कार्यक्रममा ल्याउने कार्यले समग्र नीति कार्यक्रमलाई नै ओझेलमा पार्ने र त्यसको गरीमालाई घटाएको छ।जनसरोकारका विषयमा सहयात्री दलहरुसंग सल्लाहा र रायसहित सहमति लिने संस्कार बसाल्नु पर्ने बुटवल नगर अध्यक्ष पदम श्रेष्ठले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।