गुल्मी मदानेका अध्यक्षले सेवा सुविधाको रकम पार्टीलाई दिने घोषणा

पे्रम थापा
बुटवल,असार २०गते।गुल्मीको मदाने गाउंपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुंवरले गाउंपालिकाबाट आफुले पाउने सेवा सुविधाको रकम पार्टीलाई दिने भएका छन् ।नेपाली कांगे्रसबाट निर्वाचित गाउंपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुंवरले सेवा सुविधान वापत आफ्नो खातामा आउने तलवसहितको रकम नेपाली कांगे्रसको बैंक खातामा दिने बताएका छन् ।गाउंपालिकाको अध्यक्षमा उम्मेदवार दिएपछि उनले आफुले जितेमा सेवा सुविधाको रकम आफुले नलिने घोषणा गरेका थिए ।नेपाली कांगे्रस मदाने गाउंपालिकाका सभापतिसमेत रहेका अध्यक्ष कुवंरले अहिले सेवा सुविधाको रकम पार्टीलाई दिने सार्वजनिक रुपमा घोषणा गरेका हुन्।ुम्बिनी प्रदेशका स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुमध्ये आफ्नो सेवा सुविधाको रकम पार्टीलाई बुझाउने घोषणा गरेका मदाने गाउंपालिकाका अध्यक्षबाहेक लुम्बिनी प्रदेशमा अरु कसैले आफ्नो सेवा सुविधाको रकम पार्टीलाई बुझाउने सार्वजनिक रुपमा घोषणा गरेका छैनन् ।आफ्नो सेवा सुविधाको रकत तथा पारिश्रमिक पार्टीलाई दिने घोषणा गरेर महेन्द्रबहादुर कुंवरले पार्टीको हितमा प्रशंसनीय काम गरेको कांगे्रस गुल्मीका क्षेत्रीय सभापति चन्द्रबहादुर महतले बताए।अध्यक्ष कुँवरले आफ्नो सेवा सुविधासहितको तलव तथा रकम नेपाली कांग्रेस मदानेको बैंक खातामा जम्मा गर्ने बताएका छन् ।