लायन्स क्लव अफ बुटवल भृकुटी डाउनमा पद हस्तान्त्रण

बुटवल,साउन १ गते। लायन्स क्लव अफ बुटवल भृकुटी डाउनमा पद हस्तान्त्रण तथा सम्म्मान कार्यक्रम भएको छ । २०२२ । २०२३ का लागि निर्वाचित अध्यक्षसहित पदाधिकारी र सदस्यहरुलाई पद हस्तानत्रण गरिएको हो । २०२१। २०२२ का अध्यक्ष दीपक कार्कीले २०२२ । २०२३ का लागि निर्वाचित अध्यक्ष रामप्रसाद गौतमलाई पद हस्तान्त्रण गर्नुभएको हो । उक्त कार्यक्रममा क्लवका पूर्व अध्यक्षहरु र क्लवमा उत्कृष्ट काम गर्ने पदाधिकारी र सदस्यहरुलाई प्रशंसा पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो । पदभार ग्रहण गर्दै नवनिर्वाचि २०२२ ।२०२३ का अध्यक्ष रामप्रसाद गौतमले आफ्नो कार्यकाल उत्कृष्ट बनाउने गरी अनुशासितपूर्वक लायन्स क्लव अफ बुटवल भृकुटी डाउनको नियम पद्वति अनुसार काम गर्ने प्रतिवद्वता जनाए। सोही कायक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सिनियर डिष्ट्रिक एडभाइजर टंक गैरेले लायन्स क्लव अफ बुटवल भृकुटी डाउनको उद्वेश्य र कार्यक्रम अनुसार क्लवलाई प्रभावकारी रुपमा अगाडी बढाउन आग्रह गरेका छन् ।कार्यक्रममा विशिष्ट अतिथि शोभाखर पोखरेल र रिजन चेयर पर्शन गुणखर भण्डारीले समाजमा देखिने गरी सामाजिक काम गरेर मात्र क्लवको गरिमालाई थप उचो बनाउन सकिने भएकाले समाजप्रति उत्तरदायी भएर काम गर्नुपर्नेमा जोड दिए। ।लायन्स क्लव अफ बुटवल भृकुटी डाउनका अध्यक्ष दीपक कार्कीको अध्यक्षता, सचिव डाक्टर सिर्जना चापागाई र भुवनप्रसाद पोखरेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान रुपन्देहीकी महिला उपाध्यक्ष रिता थापा र सहसचिव विधान कार्कीले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । अतिथिको रुपमा कार्यक्रममा सिद्वावावा भृकुटीकी अध्यक्ष कमला पन्थ, भृकुटी मनकामनाकी अध्यक्ष लता खड्का, डाइनेमिक टुरिजमका अध्यक्ष टंकप्रसाद पोखरेल, पाकुरी वृक्षकी अध्यक्ष मिना पाण्डे, बुद्वभूमिका अध्यक्ष धुर्व सापकोटाको सहभागिता रहेको थियो ।