सरकार उल्टो गतिमा – प्रदीप ज्ञवाली

बुटवल, साउन ७ गते शनिबार। नेकपा एमालेका उप महासचिव प्रदीपकुमार ज्ञवालीले सरकार उल्टो गतिमा हिडैको भन्दै आलोचना गरेका छन्। मुलुकलाई गलत बाटोमा लगेको सरकारबाट केही शासा र अपेक्षा गर्न नसकिने बताए ।एक वर्षको अबधीमा गठबन्धनको सरकार उल्टो गतिमा हिडेको र संसदका अधिकारमाथि चरम दुरुपयोग गरेको दावी गरे। यो सरकारले जनताको हितमा केही गर्न सक्दैन भन्ने एमाले निश्कर्ष अहिले व्यवहारमा प्रष्ट भएको बताए। पे्रस चौतारी नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले निषेधको बाटोमा हिडेको सरकारले संविधानको चिरहरण गरेको आरोप लगाए।पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता राष्ट्रियताको विषयमा सरकारमा बिचलन आएको आरोप लगाए।उनले संसदबाट पास भएको नागकिरता विद्येयक त्रुटीपूर्ण भएको बतांदै नागरिकता जस्तो गम्भीर विषयमा सरकार चुकेको छ भने।नागरिकता विद्येयक गलत र देशका लागि घातक रहेको बताउंदै उले भने– शीरमा सिंदुर हुंदासाथ हातमा नागकिरता दिन मिल्ने विद्येयक गलत छ ।नागरिकता पाउनका लागि ढोका खुल्ला राख्नुपर्छ तर सटेन अबधी राखेर मात्र नागरिता दिनुपर्ने प्रदीकुमार ज्ञवालीको तर्क छ ।उनले एमाले आफ्नो खुट्टामा उभिएर चुनाव लड्न सक्ने बताउनुभयो ।स्थानीय चुनावमा घेराबन्दी गर्दा पनि एमालेले ३४ प्रतिशत मत ल्याएकाले कसैसंग तालमेल गर्नुपर्ने आवश्यक्ता नभएपनि वाम तालमेलका लागि एमालेले ढोका खुल्ला राखेको बताए।उनले नेपालको आन्तरिक मामलिामा बाहिरी शक्तिसंग सत्ताका लागि साठगांठ गर्नु सत्ता साझेदारी दलका नेता र सरकारको कार्यशैली देशको हितमा नभएको टिप्पणी गरे।विदेशी शक्तिसंग जसले जति हारगुहार गरेपनि प्रधानमन्त्री बनाउने सार्मथ्य एमालेसंग मात्र भएको दावी गरे। एमालेको पालामा सवल अर्थतन्त्र अहिले अर्थतन्त्रका सूचकहरु कमजोर भएको उल्लेख गर्दै सरकारका कारण अर्थतन्त्रका आयमहरु संकटमा परेको बताए।पे्रस चौतारी रुपन्देही अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षता र सचिव केशव भण्डारीको सञ्चालनमा पत्रकार सम्मेलन भएको थियो ।