पाल्पामा बस दर्घटना हुंदा ६ जनाको मृत्यु

पाल्पा, साउन ८ गते । गुल्मीको मजुवाबाट बुटवलका लागि छुटेको बस पाल्पामा दुर्घटना हुंदा ६ जनाको मृत्यु भएको छ । ३ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको प्रहरीले बताएको छ । लु १ ख ५९५२ नम्वरको बस रिव्दीकोट गाउँपालिका वडा नंं २ लघुवा पाल्पामा दुर्घटनामा परेको हो ।आइतबार साढे ४ बजेको समयमा दुर्घटना भएको बस सडकबाट करीव १ सय मिटर तल खसेको पाल्पा प्रहरीले बताएको छ ।घटनास्थलमा पाल्पा, पाल्पा प्रहरी, हार्थाेक र अर्गली प्रहरी चौकीबाट खटिएको प्रहरी र स्थानीले उद्वार गरेका थिए।बस सडको डिल भासिएर दुर्घटना भएको स्थानीयले बताएका छन् । प्रहरीका अनुसार मृतकको पहिचान खुलेको छैन । १० जना भन्दा बढी घाइतेको उपचारका लागि पाल्पाका अस्पतालहरुमा पठाइएको छ । थप विवरण आउन बांकी रहेको प्रहरीले बताएको छ ।