कार पल्टदा २ जना घाइते

 

 

बुटवल\ बुटवल–भैरहवा सडक खण्ड अन्तरगत तिलोत्तमाको योगिकुटीमा सनिवार विहान भएको कार दुर्घटनामा परि २ जना घाईते भएका छ्न ।
विहान बुटवलबाट भैरहवा तर्फ जाँदै गरेको बाग्मती ०१–०२५ च ३५४३ नम्बरको कार तीब्र गतीका कारण उछिटिएर डिभाईडरमा ठोकिएको कार चालक कमल घिमिरे बताए । दुर्घटनापछि कार डिभाईडरको तारजाली सहित नजिकैको विद्युतको पोल ढलाएर अर्को दिशाको सडकमा पुगेर रोकिएको थियो ।
दुघटनामा परि बुटवल ११ कालिकानगर बस्ने प्रविन क्षेत्री र सोही ठाउँका सचीन घिमिरे घाईते भएका छन । दुर्घटनापछि समयमै गाडीको एयरब्याग खुल्दा गाडीमा रहेका व्यक्तिहरुलाई ठूलो क्षती हुन नपाएको प्रहरीले जनाएको छ । घाईतेहरुको बुटवलस्थित चौराहा हस्पिटल प्रालीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।