पाल्पा दुर्घटनामा मृत्यु भएका छ जनाकै पहिचान खुल्यो

बुटवल,साउन ९ गते ।पाल्पामा भएको बस दुर्घटनामा मृत्यु हुने छ जनाकै पहिचान भएको छ । बाग्लुङको बुर्तिवाङबाट रुपन्देहीको बुटवलको लागि छुटेको लु १ ख ५९५२ नम्वरको बस पाल्पाको रिव्दीकोट गाउंपालिका वडा नंं २ लघुवामा आईतवार अपरान्ह साढे ४ बजे दुर्घटना हुंदा ६ जनाको घटनास्थलमा मृत्यु भएको थियो, भने १६ जना घाईते भएका थिए । दुर्घटनामा परी मृत्यु हुनेमा गुल्मी चन्द्रकोट गाउंपालिका वडा नंं ८ का १५ बर्षिय प्रवेश काफ्ले, गुल्मी मुसिकोट नगरपालिका वडा नंं ७ का ४० बर्षिय लालबहादुर राना कुमाल, रुपन्देही देवदह नगरपालिका वडा नं. ७ की ८७ बर्षिया डिलसरी कामी, कपिलबस्तु बाणगंगा नगरपालिका वडा नंं २ का ४५ बर्षिय यज्ञबहादुर सोमै, नवलपरासी बर्दघाट नगरपालिका वडा नंं ५ की २४ बर्षिया पूर्णिमा कामी र बाग्लुङ बडिगाड गाउंपालिका वडा नंं १० की ५५ बर्षिया यमकली थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी विरेन्द्र थापाले जानकारी गराएका छन् । प्रहरीका अनुसार तानसेनको मिशन अस्पतालमा उपचारत १६ जना घाइतेमध्ये ८ जनाको डिर्सचार्ज भएको छ । ८ जनाको उपचार भईरहेको छ।अस्पतालमा उपचारत घाईतेहरुमा बस चालक रुपन्देही कञ्चन गाउंपालिका वडा ५ का ३३ बर्षिय किशन श्रीस, गुल्मी चन्द्रकोटका ३१ बर्षिय चन्द्रबहादुर कामी, कपिलबस्तु वाणगंगा नगरपालिका वडा नंं २ का ४२ बर्षिय पिताम्वर रेग्मी, बाग्लुङ पाटन नगरपालिका वडा नंं १ का ३० बर्षिय टेकलाल रसाईली, रौतहट विरेन्द्रवन गाउंपालिका वडा नंं ७ का २८ बर्षिय संजय कुमार ठाकुर, म्याग्दी रुमा गाउंपालिका वडा नंं ४ की ३९ बर्षिय सुमित्रा रोका, सोही ठाउकै ४ बर्षिय विश्वास रोका र रुपन्देही देवदह नगरपालिका वडा नंं ७ का खड्कबहादुर विक रहनुभएको छ। म्याग्दीकी सुमित्रा र देवदहका खड्क बहादुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्यको टाउको, ढाड, मुख, हात खुट्टामा चोटपटक लागेको छ । बस सडक बाट करीव १ सय मिटर तल खसेको पाल्पा प्रहरीले जनाएको छ ।बस सडकको डिल भासिएर दुर्घटना भएको अनुमान गरिएको छ ।