सांस्कृतिक रुपमा परिवर्तन आवश्यक – प्रदेश प्रमुख

बुटवल,साउन १४ गते। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सांस्कृतिक रुपमा समाज परिवर्तन हुन आवश्यक रहेको बताएका छन् । राजनीतिक परिवर्तनले मात्र परिवर्तन पुरा नहुने भएकाले सांस्कृतिक रुपमा समाज परिवर्तन गर्न आवश्यक रहेको बताए।राजनीति भित्र गलत प्रकारको संस्कार भित्रिएकाले सांस्कृतिक रुपमा वर्तमान समाज रुपान्त्रण गर्नुपर्छ त्यकासका लागि जनतामा राजनीतिक चेतना आउनु पर्ने प्रदेश प्रमुख शेरचनको भनाइ छ।बुटवल ११ मजुवा निवासी माओवादी कार्यकर्ता लिला अर्यालको स्मृतिमा आयोजित श्रदाञ्जली सभामा बोल्दै प्रदेश प्रमुख शेरचनले अहिलेको समाजलाई वैज्ञानिक समाजमा रुपान्त्रण गर्नुपर्नेमा जोड दिए। उनले आर्युवेदिक औषधी प्रयोगमा ध्यान दिन आग्रह गर्दै भने– मलाई आर्युवेदमा विश्वास छ। नेपालको हिमाल, पहाड र तराईमा रहेका जरिबुटीबाट बनेका आर्युवेदिक औषधी प्रयोग गर्न प्रदेश प्रमुखले सबैलाई आग्रह गरेका छन्। क्यासन्र जस्तो जघन्य रोगका लागि नेपाली जरिबुटीबाट बनेका आर्युवेदिक औषधी प्रयोग गर्नुपर्ने बताए। आर्युवेदिक औषधी उत्पादनका लागि ऐन, काुननहरु बाधक नबन्ने र बाधक बने शंसोधन गर्न सकिने बताए। क्यान्सर रोगले धेरै मानिसको ज्यान गएकाले अब क्यान्सरका लागि आर्युवेदिक अस्पताल खोल्न सकिने बताए। लुम्बिनी प्रदेशमा क्यान्सर आर्युवेदिक अस्पातल खोल्नका लागि प्रदेशबाट आर्थिक सहयोग गर्न सकिने बताउंदै आफ्नै कार्यकालमा प्रपोजल बनाएर आउन सिमली डेण्टल केयर प्रालि र इन्टरनेशनल फाउण्डेशनलाई आग्रह गरे। सिमली डेण्टल केयर प्रालि र इन्टरनेशनल फाउण्डेशनले गत साउन ५ गते निधन भएकी स्व. लिला अर्यालको स्मृतिमा श्रदाञ्जलस् सभा आयोजना गरेको हो।क्यान्सर पीडीत समिली डेण्डल केयर प्रालिकी संरक्षक लिाल अर्यालको ५४ वर्षको उमेर निधन भएको हो। स्व लिला अर्यालका श्रीमान महेन्द्र अर्यालसहित २ छोर २ छोरी छन् ।डवल विसीको सञ्चालनमा श्रदाञ्जली सभा भएको थियो ।