नेपालको चुनावमा साम्राज्यवादीको हात – चित्रबहादुर

बुटवल, साउन १६ गते। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको चुनावमा विदेशी साम्राज्यवादी शक्तिको हात रहेको बताएका छन् ।आफुलाई ठुलो र शक्तिशाली पार्टी भन्ने नेपालका संसदवादी पार्टीलाई चुनाव जित्नका लागि साम्राज्यवादी शक्ति केन्द्रबाट पैसा आउने गरेको दावी गरे।सोमबारदेखि रुपन्देहीको बुटवलमा शुरु भएको रक्तिम सांस्कृतिक अभियानको तेस्रो राष्ट्रिय भेला उद्घाटन कार्यक्रममा बोल्दै दुवै सदनबाट पास भएको नागरिकता विद्येयक नेपालीको हितमा नभएको बताए।अहिलेको नागरिकता विद्येयकले भविश्यमा नेपाली जनता अल्पमतमा पर्ने सम्भावना रहेकाले यो विद्येयकलाई खारेज गर्नुपर्नेमा जोड दिए।कांगे्रस, माओवादी र एमाले लगायतका पार्टीले संसदबाट एमसीसी पास गराए नेपाललाई चीन बिरोधी क्याम्पमा पुराएको दावी गर्दै सत्ता र स्वार्थका लागि विदेशीको गोडा नमोल्न कांगे्रस, माओवाी, एमाले र अन्य पार्टीहरुलाई अध्यक्ष चित्रबहादुर केसीले आग्रह गरे। नेपालको अस्तित्व कायम राख्न संघीयता, एमसीसी, नागरिकता विद्येयक, विभिन्न कालखण्डमा भएका असमान सन्धि,सम्झौता खारेज गर्नुपर्ने बताए।गीत संगीतको माध्यामबाट जनतालाई सजिलै कुरा बुझाउन सकिने बताउंदै अध्यक्ष केसीले भने–गीत संगीतको मानव जातीसंग घनिष्ट सम्बन्ध छ।रक्तिम अभियनाका कलाकारहरुलाई सांस्कृतिक आन्दोलनलाई अगाडी बढाउन निर्देशन दिए ।समाज बदल्नका लागि राजनीतिक परिवर्तनले मात्र सम्भव नभएकाले अब सांस्कृतिक क्रान्ति आव्श्यक रहेको बताए।नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले वर्गिय मुद्वालाई आधार बनाएर क्रान्तिकारी रुपान्त्रणका लागि सांस्कृतिक क्रान्तिको विकल्प नभएको बताए।कार्यक्रममा राष्ट्रिय सभा सांसद राजेश विश्वकर्मा,रक्तिम सांस्कृतिक अभियानका सचिव हेमराज आश्रम,राष्ट्रिय जनमोर्चाका लुम्बिनी कोषाध्यक्ष गणेश गौतम, अन्टुका अध्यक्ष लोकराज भुसाल, प्रगतिशील पत्रकार संघ,नेपालका संयोजक श्यामलाल पोखरेल, अखिल नेपाल महिला संघकी भानु जीसी, उषा राना, अखिल नेपाल युवक संघका अध्यक्ष कृष्णराज पाण्डे, ढुण्डिराज शर्मा, लेखक तथा साहित्यकार गिरीप्रसाद बुढा, वामपन्थी नेता दुर्गानाथ खरेल लगायतले शुभकामना मन्तब्य दिएका थिए ।रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष रेम रानाको अध्यक्षता र महासचिव जीवन शाहीको सञ्चालनमा उद्घाटन कार्यक्रम भएको हो। ५२ जिल्लाको सहभागिता रहेको उक्त भेला दुई दिनसम्म चल्ने बताईएको छ। दुई दिनसम्म चल्ने उक्त भेलामा राजनीतिक,सांस्कृतिक, साहित्य, दर्शन लगायतका विषयमा प्रशिक्षण दिइने बताईएको छ ।