आज माघे सङ्क्रान्ति, तराईमा माघी पर्वको रौनक

लुम्बिनी प्रदेशमा दुई दिन सर्वाजनिक विदा

बुटवल । नेपालीहरुले विहिवार माघे संक्रान्ति पर्र्व मनाउँदैछन् । हरेक बर्ष माघ १ गने थारु समुदायमा विषेश हर्ष उल्लासका साथ मनाईने माघी पहाडमा खिचडी खाने दिनका रुपमा मनाउने गर्दछन् ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले पनि यसको धार्मिक महत्व रहेको पन्डित उमकान्त आचार्य बताउँछन् । स्नान, ध्यान जप गर्नले आध्यात्मिक लाभ हुने उनको भनाई छ ।

माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । माघ १ गतेदेखि सूर्य उत्तरायण तर्फ लाग्ने हुँदा दिनभन्दा रात छोटा हुँदै जाने र विस्तारै न्यानो बढ्ने विश्वास गरिन्छ । धार्मिक कार्यका लागि अवको समय उत्तम मानिन्छ ।

माघे संक्रान्तिका अवसरमा गुल्मीको रिडी, देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, लगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लागेको छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ ।

माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।

माघेसंक्रिान्तका अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शुभकामना सन्देश दिएका छन् । मेलापर्वले एकताको सन्देश दिएको भन्दै सद्भाव कायम राखेको सन्देशमा उल्लेख गरेका छन् । प्रदेश सरकारले माघे संक्रिान्तका अवसरमा दुइ दिन सार्वजनिक विदा दिएको छ ।