झिमरुकमा एमालेबाट कांङ्ग्रेस कार्यक्रता कुटिए

प्यूठान, साउन ३१ गते । झिमरुक गाउँपालिकाले फोहोर मैला विसर्जन सम्वन्धी आव्हान गरेको टेण्डर राख्ने क्रममा एमालेका कार्यक्रताद्वारा काङ्ग्रेसका कार्यक्रतालाई कुटपिट गरिएको छ । गत साउन २४ गते प्रकाशन भएको सुचना वमोजिम आज भाद्र १ गते दर्खास्त दिने अन्तिम समय राखिएको थियो ।
सोही क्रममा एमाले र माओवादीको मिलोमतोमा एमालेका कार्यक्रता जगत जिसिको छोरा कासी जिसिलाई ठेक्का दिने सहमति भएको थियो । कासीले माओवादी र एमालेका ठेकेदारहरुलाई पैसा दिएर मिलाइसकेका थिए । तर अन्तिम समयमा काङ्ग्रेस समर्थक रिसि जिसिले दर्खास्त दिन खोजेपछि उनलाई अवरोध गर्न खोजियो । रिसिले आफ्नो पनि दर्खास्त दिने अधिकार हो भनेर अघि वढ्न खोज्दा एमालेका कासी जि सिले निर्घातरुपमा कुटपिट गरेका हुन् ।
कुटपिटमा परेका रिसि जिसिको अहिले ओखरकोट स्वास्थ्यचौकिमा प्राथमिक उपचार पछि जिल्ला अस्पताल विजुवारमा रेफर गरिएको छ ।