मृतकलाई बचाएको भ्रम फैलाउने पास्टर पक्राउ

बुटवल, भदौ ६ गते ।मृत व्यक्तिलाई जीवित बनाएको भन्दै भ्रम फैलाएको आरोपमा चर्चका एक जना पास्टर बुटवलबाट पक्राउ परेका छन् ।कञ्चपुरका ३५ वर्षीय राजेन्द्र गोतामेलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसी समाजमा भ्रम फैलाउने गोतामेलाई पक्राउ गरिएको जानकारी गराएका छन् ।
बुटवलको होली क्यालभरी चर्चका पास्टर गोतामेले मृत्यु भएको भनिएको व्यक्तिलाई जीवित गराएको भिडिओ सामाजिक सञ्जालमा आएपछि प्रहरीले अनुन्धान थालेको थियो ।
आरोपित गोतामेलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको बुटवलका प्रहरी प्रमुख केसीले बताए।
भिडियोमा होली क्यालभरी चर्चका पास्टर राजेन्द्र गोतामेले केही बेरमा भुइमा सुतेकी महिला उठेर सरासर हिडेको देखिएको छ ।गोतामेले प्रभु यशुको प्रभावले मृत्यु भएकी महिलालाई पुनः जीवित गराएको भन्दै यशुलाई धन्यवाद दिनेको उक्त भिडियामा सुनिन्छ ।
भिडियोमा एक महिलाले सयवटा धामीले पनि निको नभएको पांच, छ लाख खर्च गर्दा पनि निको नभएको लगायतका विषय बोलेकोसमेत सुनिन्छ ।
उक्त भिडियोको आधारमा समाचारहरु बाहिरु आएपछि प्रहरीले खोजतलास शुरु गरेको थियो । उनलाई कानुनी प्रक्रिया अनुसार कारवाही हुने छ ।