रारा कृषि सहकारीमा नयां नेतृत्व, १० करोड बढीको आर्थिक कारोवार 

बुटवल,भदौ २४ गते । कृषिको क्षेत्रमा काम गर्दै आएको बुटवलको रारा कृषि सहकारीको १४ औं वार्षिक साधारण सभा र छैटौं अधिवेशन भएको छ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ६ रहेको कृषि उपज थोक बजारको परिसरमा रारा कृषि सहकारी २०६६ सालमा स्थापना भएको हो ।
कृषिको क्षेत्रमा लगानी गर्ने र कृषिलाई नै प्राथमिकता दिने गरी सहकारी स्थापना गरिएको हो ।
  सोही वार्षिक साधारण सभा तथा अधिवेशनमा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपमेयर सावित्रादेवी अर्यालले मुलुकको आर्थिक सम्वृद्विको आधार कृषि भएकाले कृषिलाई बढी पहिलो प्राथमिकता दिनुपर्ने बताइन । सबै सहकारीहरुले कृषिमा लगानी बढाउनु पर्ने बताउंदै कृषि प्रदान देशलाई कृषिबाट पूणरुपले आत्मर्निभर बनाउनु पर्नेमा जोड दिनुपर्ने उनले बताइन ।
कृषिमा सबैको ध्यान केन्द्रित गर्ने बेला आएको बताउंदै बुटवल उपमहानगरपालिकाले कृषि र पर्यटनको क्षेत्रमा काम गर्ने सहकारीहरुलाई सहयोग गर्ने प्रतिवद्वता जनाइन ।
बुटवल उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख गुणाखर खनालले सहकारीका मुल्यमान्यता तथा सिद्वान्तलाई पालना गरी पारदर्शी रुपमा सहकारीहरु सञ्चालन गर्न आग्रह गरेका छन् ।
रारा कृषि सहकारीका निवर्तमान अध्यक्ष कलाधर पन्थीले राज्यले कृषकहरुलाई सहुलियत र सहयोग गर्ने भने पनि वास्तविक कृषकहरुले कुनै सहयोग नपाएको र टाठाबाठा, पहुंचवालाले मात्र राज्यबाट सहयोग ल्याएको गुनासो गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक बुटवल शाखा प्रमुख नारायण वेल्वासे, शेयर सदस्य यसोधा खरेल, पूर्णिमा पन्थी भिमकान्त पन्थी लगायतले बोलेका थिए ।
सोही अवसरमा असल ऋणी सीता गौतम, असल किसान कृष्ण खरेल र अन्य १२ जना संस्थापक शेयर सदस्यहरुलाई सम्मान गरिएको थिया । साथै वयोवृद्व शेयर सदस्य ७३ वर्षका क्षेत्रबहादुर खत्रीलाईसमेत सम्मान गरिएको थियो ।
रारा कृषि सहकारीले ७० वर्ष उमेर नाघेका शेयर सदस्यहरुलाई सम्मान गर्दै आएको छ ।
सहकारीका अध्यक्ष तुल्सीराम रिजालको अध्यक्षता, सचिव भुपेन्द्र अर्यालको सञ्चालन र भिमकान्त पन्थीको स्वागतमा भएको उक्त वार्षिक साधारण सभा तथा अधिवेशनले भिमकान्त पन्थी अध्य रहेको नयां नेतृत्व चयन गरेको छ ।
जसको उपाध्यक्ष भुपेन्द्र अर्याल, सचिव सावित्रादेवी पन्थी र कोषाध्यक्षमा कमल काफ्ले रहेका छन् । त्यस्तै सदस्यहरुमा गोकर्ण कुवंर, नन्दलाल आचार्य, श्रीविक्रमराज बस्याल, मुक्रलाल गिरी, धुर्वकुमारी खनाल, यशोधा खरेल र सीता पौडेल छन् ।
त्यस्तै शिवप्रसाद न्यौपाने संयोजक रहेको लेखा सुपरिवेक्षण समिति गठन गरिएको छ । जसको सदस्यमा विष्णु भट्टराई र खिमराज पोखरेल रहेको सहकारीका उपाध्यक्ष भुपेन्द्र अर्यालले जानकारी गराएका छन् ।
ठेला व्यवसाय, दुध व्यवसायलगायत अन्य विभिन्न साना व्यवसायीले मासिक १० रुपैयांका दरले जम्मा गरेर सञ्चालन गरिएको सहकारीले अहिले १० करोड बढीको कारोवार शुरु गरेको छ ।
बुटवल उपमहानगरपालिका भित्र कार्यक्षेत्र रहेको रारा कृषि सहकारीमा अहिले ५ सय १३ जना शेयर सदस्य छन् ।