राष्ट्रिय जनमोर्चाको समानुपातिक उम्मेदवारका लागि प्रचार अभियान

   बुटवल, कार्तिक १६ गते । राष्ट्रिय जनमोर्चाले समानुपातिक निर्वाचनका लागि प्रचार– प्रसार अभियान सञ्चालन गर्ने भएको छ ।
पांच दलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले कार्तिक १७ गतेदेखि समानुपातिक निर्वाचनका लागि प्रचार–प्रसार अभियान सञ्चालन गर्ने बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
सम्भव भएसम्म देशका सबै जिल्लामा प्रचार अभियान सञ्चालन गर्ने राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले बताए ।
समानुपातिक तर्फका उम्मेदवारहरुको साथमा मतदातासंग घरदैलो तथा भेटघाट सभा, कोणसभा, अन्तरक्रिया र पत्रकार सम्मेलन गरिने जानकारी गराए ।
राज्यले निर्वाचनमा थे्रसहोल्डको प्रावधान लगाएर पिछडएिको जातिm वर्ग, लिंग, क्षेत्र र समूदायलाई राज्यको मुलधारमा आउन राज्यले नै अबरोध गरेकाले थ्रेसहोल्डको प्रावधान खारेज गर्नुपर्ने उनले बताए ।
गणतन्त्र, धर्म निरपेक्षतामाथि खतरा बढेको उल्लेख गर्दै ओलीले संसद विघटन गरेका कारण गणतन्त्र, धर्म निरपेक्षतामाथि खतरा बढेको दावी गर्दै उनले भने – नेपालमा धर्म निरपेक्षतालाई समाप्त गरेर हिन्दुराज्य कायम गरी राजतन्त्र व्यूताउने षडेयन्त्र भैरहेको र त्यसमा एमाले लागेको छ ।
उनले दुई– दुई पटक संविधान विघटन गर्नु र निर्वाचनमा प्रतिगामी शक्ति राप्रपासंग तालमेल गर्नुले एमाले प्रतिगामी हो भन्ने कुराको पुष्टि हुंदै गएको बताए ।
गणतन्त्रका लागि लडेको शक्ति एमाले सत्ता महत्वकांक्षी पुरा गरी सधैभरी आफ्नो अस्तित्व रक्षाका लागि भारतीय सामज्यवदी शक्तिसंग आश्रित हुन पुगेको आरोप लगाए ।
राष्ट्रिय जनमोर्चाले गणतन्त्र, राष्ट्रियता र धर्म निरेपेक्षताको रक्षा गरौं, संघीयताको खारेज गरौ भन्ने मुल नाराका साथ निर्वाचनमा भाग लिएको कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले बताए ।
संघीयता कुनै पनि प्रकारले नेपालको लागि उपयुक्त थिएन, भन्ने कुरा व्यवहार नै पुष्टि गरेको उललेख गर्दै संसद र सदनबाट संघीयताको खारेजीका लागि बिरोधका लागि प्रदेशको चुनाव उपयोग गरिएको स्पष्ट पारे ।
राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य इन्द्रिरा ज्ञवालीको अध्यक्षता र टानबहादुर केसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।