आजदेखि राज्यले मलाई आधा दिए पुग्ने भयो

गोविन्द घिमिरे
२०५९ साल कार्तिक २४ मा विद्यार्थी जिवन सहित पूर्णरुपमा सरकारको भएको दिन । तत्कालिन श्री ५ को सरकारको सिन्दुर पहिरिएको दिन ।
२० वर्षे सेवा
पाल्पाः– पहिलो जागिर उत्सहजनक (प्रशासन सेव) पाल्पाको दुर्गम गाउँ सहलकोट । उहाँहरु खश भाषा नबुझ्ने म मगर भाषा नजान्ने । वरिपरिका ५ गा वि स मा जनै लगाउने एउटा बाहुन । १८ महिना
लमजुङ्गः– (न्याय सेवा ) स्रेस्तेदार सर प्रेरणादायक (हाल श्याम घिमिरे श्रीमान) न्यायाधीशलाई श्रीमान भन्नै आएन जानिएन । सर भनियो । रिसाए।
स्याङ्गजाः– काम सिकें । अदालती प्रकृया त बढी सेवाग्राहीले सिकाउनु भो । नजानेको रामचन्द्र उपाध्याय सर रामप्रसाद न्यौपाने सरले सिकाउनु भो।आभारी छु ।
बुटवलः– उत्साहपूर्ण । क्याम्पस पायक । क्षमता देखाउने अवसर । माननीय मुख्य न्यायाधीश मोहनप्रकाश सिटौला सहित ६ जना मुख्य न्यायाधीश सहित ३३ जना श्रीमान । मोहन श्रीमानको क्षमताबाट प्रभावित । बुटवलमा रहदा नारायण दाहाल श्रीमान बाबुराम रेग्मी श्रीमान शारङ्गा सुवेदी श्रीमान मेरो नजरमा उत्कृष्ट ।
८ जना रजिष्ट्रार । लेखनाथ पौडेल धीर बहादुर चन्द युवराज गौतम महेन्द्रनाथ उपाध्याय स्मरणमा । २०६७ मा सर्वोच्चबाट पुरस्कृत । ०६२।१२।२५ गते आन्दोलनमा सख्त घाइते । म गुल्मीको घिमिरेलाई पाल्पाको दामोदर घिमिरे दाजुले आफू सेतो कपडा (बुवाको बरखीमा) पनि हस्पिटलमा कुर्नुभो । सम्झदा मन भारी हुन्छ । दामु दाई प्रति सम्मान छ ।
अर्घाखाँचीः– २०६८ मा अधिकृतको पहिलो अनुभव । व्यवस्थापकिय क्षमतामा विस्तार । माननीय मुख्य न्यायाधीश जागेश्वर सुवेदीबाट लुम्विनी अञ्चलको ब्यवस्थापनमा उत्कृष्ट घोषित ।
पुनरावेदन अदालत हेटौंडाः न्याय सेवाको कर्म र मर्म बुझेको । परिवारसँग छुटिएर बसेको पहिलो अनुभव । क्षमता देखाउने अवसर पाएको । माननीय मुख्य श्रीमान बिश्वम्भर प्रसाद श्रेष्ठ माननीय हरिकुमार पोखरेल र माननीय तीलप्रसाद श्रेष्ठ श्रीमानबाट अदालत ब्यवस्थापन फैसला लेखन योजना निर्माण अध्ययन अनुसन्धान सिकेको । हाजिर भएको ८ महिनामा पुरस्कृत भएको ।
गोरखाः भूगोल बुझियो । काममा सन्तुष्टि । माननीय स्व. जगत प्रसाद श्रेष्ठसँग सहकार्य गर्न पाएको । कानूनका अक्षर र न्यायको मर्म बुझ्ने एक अदभूत न्यायकर्मी । उच्च अदालत पोखराबाट वार्षिक समीक्षाको अवसरमा गोरखा जिल्ला अदालत उत्कृष्ट घोषित । बसन्त पौडेल श्रीमानलाई पनि सम्झन चाहें ।
सर्वोच्च अदालतः अवसर । न्यायपालिकाको समग्र व्यवस्थापन र निर्णय प्रक्रिया बुझ्न पाएँ । का.मु. सहित ४ जना सम्माननीय प्रधान न्यायाधीशसँग शाखाको कारणले जोडिन पाएँ । सम्माननीय गोपाल पराजुली श्रीमानको शिघ्र निर्णय क्षमता र ओमप्रकाश मिश्र श्रीमानको भद्ता र क्षमाशिलता अरुमा देखिन । ३ जना मुख्य रजिष्ट्रारज्यूसँग जोडिन पाएँ । गहिरो चिन्तन भएका नहकुल श्रीमान । व्यवहारिक र सहज राजन भट्टराई श्रीमान । अदालतको समग्र ब्यवस्थापनमा विचार गर्ने नृप श्रीमान । रजिष्ट्रार महेन्द्रनाथ उपाध्याय श्रीमान गरुङ्गो विषयलाई पनि सहज तवरले निकास दिन सक्ने क्षमता । सर्वोच्मा रहँदा पहिला महाशाखा प्रमुख पछी रजिष्ट्रार हाल मुख्य रजिष्ट्रार लालबहादुर कुँवर श्रीमानको अध्ययनशिलता, विषयवस्तुलाई गहिरो ढङ्गले बुझ्ने क्षमता र सबैसँगको सहजपनको म एक किसिमको फ्यान हुँ । नजिकबाट बेहोरेको हुँदा भन्न मन लाग्छ उहाँ जस्तो पदाधिकारी बन्ने प्रेरणा हामीलाई मिलोस् (चाकडी हैन) । रजिष्ट्रार नारायण पन्थी श्रीमान मनमा पाप नभएको मान्छे ।संस्थागत र पद्दतीगत सुधार खोज्ने जिम्मेवार अधिकारी । मनमा एउटा मुखमा अर्को देखिन मैले । सर्वोच्च प्रशासन शाखामा रहदा प्रशासन महाशाखा प्रमुख नारायण रेग्मी सर। जहापनि सहज नेत्र आचार्य सर । योजना र व्यवस्थापनको लागि भद्रकाली पोखरेल सर । हरिराज कार्की सर । हासो र रमाइलोले उत्प्रेरणा दिने र केही गरौै भन्ने चाह भएका उपरजिष्ट्रार मेरो पृय दाजु नगेन्द्र कालाखेती सर लगायत हाम्रो प्रशासन टिम प्रति आभारी छु
उपसचिवः पोष्टिङ्गमा दुविधा । ४ दिन टिप्पणी फायल गायब । टिप्पणी एकातिर अन्तिममा पोष्टिङ्ग अर्को तिर ।
बैदेशिक रोजगार न्यायाधिकरणः– एउटा अवसर । उपसचिवको पहिलो सेवा । सत्यराज गुरुङ्ग श्रीमान देवमनको आत्मा भएको सत्य पुरुष, नाम जस्तै, सिक्ने अवसर पाएँ । त्यसपछी को आए ?? नाम लिन मन लाग्दैन । १० महिना पछि लिइयो रमाना । जागिरे जिवनमा पहिलो पटक म सकिन भनेर सर्वोच्च गुहारेको ।
काभ्रेः– बालुवमा पानी उमारेको ठाउँ । कोभिडको शुरुवातमा आएको । सबै लथालिङ्ग । २०७७ बैशाखमा वजेट शुन्य । आशाले शुरुवात गरियो । ीःद्यक्ष्क् कारण सर्वोच्चबाट सहयोग गर्ने ठाउँ थिएन । मेरो जागिरे जीवनमा मैले सबैभन्दा बढी मिहिनेत गरेको अदालत । आउदा पानी खाने गिलास पनि थिएन । शुरु कहाँबाट गर्ने अन्यौलका विचमा कोभिडको समयमा उधारोमा तारेख तोक्ने काउन्टर बनाए । पुरुषोत्तम ढकाल श्रीमानले हिम्मत दिनुभो । साथीहरुले साथ दिए । स्टाफ साथीहरु प्रति आभारी छु । कर्मचारीको क्षमता विकास तथा अदालत व्यवस्थापनमा सूर्य पराजुली श्रीमानले मलाई दिएको हिम्मतको सदा आभारी हुनेछु ।
भिष्म श्रीमान दुर्गा खड्का श्रीमान । मित्रवत व्यवहार गर्ने महेन्द्र काफ्ले श्रीमान ।
अहिले हामी सहकार्य गरिरहेका मोहनराज भट्टराई श्रीमान । राजेन्द्र नेपाल श्रीमान र रिता श्रमान लगायत सबै अधिकृत तथा कर्मचारी साथीहरुमा नमनः ।
२० वर्षको दौरानमा सबै सहकार्यमा रहनुभएका माननीय तथा श्रदेयहरुलाई सम्झेको छु । नाम छुट भएमा गाली नगर्नुहोला ।
२०७९।७।२४ गते ।