चुनाव बष्किार गर्दा राज्यले दमन गरे प्रतिकार हुन्छ – प्रकाण्ड

बुटवल, कार्तिक २८ गते । विप्लव नेतृत्व नेकपाका नेता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले आसन्न चुनाव बहिस्कार गर्ने बताएका छन् ।
यो चुनावले मुलुकलाई निकास दिन नसक्ने र जनताको जीवनमा कुनै परिवर्तन आउन नसक्ने भएकाले मंसिर ४ गतेको चुनाव बहिष्कार गर्नुपर्ने बताए ।
चुनाव बहिस्कारको निर्णय गरेको सो पार्टीले सोमबार बुटवलमा आयोजना गरेको चुनाव भण्डाफोर सभामा बोल्दै दलाल पूंजीबादी चुनाव बहिस्कार गर्नुको विकल्प नभएको बताए ।
अहिलेको व्यवस्थालाई दलाल पूंजीबादी व्यवस्था भएको दावी गर्दै उनले भने– यो व्यवस्थालाई खरानी नपार्दासम्म कम्युनिष्ट पार्टीले चाहेको व्यवस्था आउंदैन । यो चुनाव यो व्यवस्थाले दलाल जन्माउने हो ।
सशक्त बहिस्कारका लागि तयार रहन कार्यकर्तालाई आह्वान गर्दै नेता प्रकाण्डले राज्यले गिरफ्तार गरी दमन गरे त्यसको प्रतिबाद गर्ने चेतावानी दिए।
उनले तिनाउ दानव करिडोरको नाममा त्यस क्षेत्रमा बसोबास गर्ने भुमिहिन सुकुम्बासीलाई उठीवास गराउन खोजिएको आरोप लगाउंदै बैकल्पिक व्यवस्था बिना हटाउन खोजिए आफ्नो पार्टीले प्रतिरोध गर्ने चेतावनी दिए ।
करिडोर आवश्यक भएपनि जनताको गास र बास भन्दा ठुलो विषय करिडोर नभएको उनले बताए ।