रुपन्देहीको ३ वटा क्षेत्रमा एमाले, कांग्रेस  र लोसपा एक–एक स्थानमा अगाडी

बुटवल, मंसिर ७ गते । पांचवटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा तीन वटा क्षेत्रमा एमाले अग्रस्थानमा छ । रुपन्देही क्षेत्र नंं १ मा प्रतिनिधिसभा सदस्यतर्फ एमालेका छविलाल विश्वकर्मा, क्षेत्र नम्बर २ मा एमालेका उपाध्यक्ष विष्णु पौडेल र क्षेत्र नम्बर पांचमा एमालेका बासुदेव घिमिरेको अग्रता छ ।
क्षेत्र नम्बर १ मा छविलाल विश्वकर्मा र क्षेत्र नम्बर पांचमा बासुदेव घिमिरेले निरन्तर अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार एमालेका छविलाल विश्वकर्माले ५ हजार ३ सय ४५ मत प्राप्त गर्नुभएको छ, भने उनका प्रतिद्वन्द्वी घनश्याम भुसालले ४ हजार १ सय ९ मत प्राप्त गरेका छन् ।
त्यस्तै क्षेत्र नम्बर २ मा एमालेका विष्णु पौडेलले ९ हजार ५ सय ४४ मत प्राप्त गरेका छन् ।
विष्णु पौडेलको प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ८ हजार ७ सय ९४ मत प्राप्त गरेका छन् ।
त्यस्तै रुपन्देही क्षेत्र नम्बर ५ मा एमालेका बासुदेव घिमिरे अग्रस्थानमा छ । घिमिरेले कांगे्रसका भरत शाहालाई पछिपार्दै आफ्नो अग्रता कामय राखिरहेका छन् ।
त्यस्तै रुपन्देहीको क्षेत्र नम्बर ३ मा गठबन्धनको तर्फबाट कांगे्रसका नेता गृहमन्त्री बालकृष्ण खांणले एमाले, राप्रपा र लोसपाका उम्मेदवार राप्रपाका नेता दिपक बोहोरालाई पछिपार्दै अग्रता कायम गरेका छन् ।
खांणले १४ हजार ३ सय ६६ मत प्राप्त गर्दा राप्रपाका नेता दीपक बोहोराले १२ हजार ३ सय १८ मत प्राप्त गरेका छन् ।
त्यस्तै रुपन्देही क्षेत्र नम्बर ४ मा पनि एमालेको समर्थन रहेका लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्लाले सुरुवातदेखि नै अग्रता लिएका छन् ।