आतातायीले तिमी माथि मात्र छुरी प्रहार गरेको छैन

दिल साहानी
श्रद्धाञ्जली १
प्रहार
आतातायीले केवल तिमी माथि मात्र छुरी प्रहार गरेको छैन
उसले आमा बाबुकी प्यारी छोरीमाथि छुृरी प्रहार गरेको छ
उसले दिदीकी प्यारी बहिनीमाथि छुरी प्रहार गरेको छ
उसले बहिनीकी प्यारी दिदीमाथि छुरी प्रहार गरेको छ
उसले दाईको प्यारी बहिनीमाथि छुरी प्रहार गरेको छ
उसले भाइकी प्यारी दिदीमाथि छुरी प्रहार गरेको छ
उसले तिम्रा प्राण प्रिय साथी माथि छुरी प्रहार गरेको छ
उसले तिम्रो बर्षाैंदेखि आमाको काख कुृरेर बसेको छोरामाथि छुरी प्रहार गरेको छ
उसले तिम्रा साराका सारा घर परिवारमाथि छुरी प्रहार गरेको छ
उसले तिम्रा साराका सारा माइती मावली माथि छुरी प्रहार गरेको छे
उसले तिम्रा साराका सारा नाता गोता इष्ट मित्र संंगी साथीमाथि छुरी प्रहार गरेका छ
उसले तिम्रा साराका सारा शुभ चिन्तकमाथि छुरी प्रहार गरेको छ
हत्याराले तिमीमाथि मात्र छुरी प्रहार गरेको छैन
उसले केही गर्छु भनेर उम्मेद बोकेर विदेशिएकी चेलीमाथि छुृरी प्रहार गरेको छ
उसले रगत पसिना बगाएर एउटा जमीनको टुकुरो जोर्छु भन्ने रहरमाथि छुरी प्रहार गरेको छ
उसले दुई चार पैसा जम्मा गरेर एउटा बुकुरो खडा गर्छु भन्ने आकांक्षांमाथि छुरी प्रहार गरेको छ
उसले एउटा मान्छेको सुखी परिवारको परिकल्पनामाथि छुरी प्रहार गरेको छ
उसले एउटा मान्छेको सुन्दर जीवनको भावी योजनामाथि छुरी प्रहार गरेको छ
उसले एउटा मान्छेको परिवारको उज्वल भविश्यमाथि छुरी प्रहार गरेको छ
उसले कैयौ बर्षको प्रवासको बास पछि आफ्नो मातृभूमिमा फर्किने इच्छामाथि छुरी प्रहार गरेको छ
उसले आफ्नो छरपष्ट परिवारसित एकाकार हुने धोकामाथि छुरी प्रहार गरेको छ
उसले आफ्ना नाता गोता इष्ट मित्र छर छिमेक संंगी साथीलाई भेट्ने लालसामाथि छुरी प्रहार गरेको छ
उसले आफू जन्मे हुर्केको खेलेको कुँदेको गाउँ ठाउँ खोला टोलामा रमाउने चाहनामाथि छृुरी प्रहार गरेको छ
आतातायीले केवल तिमी माथि मात्र छुरी प्रहार गरेको छैन
उसले सारा ऐन कानून नीति नियम न्याय माथि छुरी प्रहार गरेको छ
उसले सारा धर्म कर्म नैतिकतामाथि छुरी प्रहार गरेको छ
उसले सारा मान मर्यादा माया ममतामाथि छुरी प्रहार गरेको छ
उसले सिंगो मानवतामाथि छुरी प्रहार गरेको छ
उसले सिंगो मानव सभ्यतामाथि छुरी प्रहार गरेको छ
हत्याराले केवल तिमी माथि मात्र छुरी प्रहार गरेको छैन
उसले मान्छेको बिवेकमाथि नै छुृरी प्रहार गरेको छ
उसले मान्छेको बाँच्न पाउने अधिकारमाथि नै छुरी प्रहार गरेको छ
प्रदेशमा
एकान्त कुनामा
सुनसान रातमा
कुनै गुहार नपाई
आतातायीका छुरीको बर्षाले थिलो थिलो परी भूईमा ढलेकी तिमी
आफ्नै रगतको आहालमा डुबेर छट्पटाउँदै प्राण त्यागेकी तिमी
तिमी फर्किन्छौ कि भनेर एअर पोर्टतिर नजर लगाउन नपर्ने भयो अब त
तिमी आउँछौ कि भनेर दैलो कुरेर बस्न नपर्ने भयो अब त
हामी सबैको सम्झनामा मात्र बाँच्ने भयो अब त
हामी सबैको मन मस्तिष्क र मुटुमा मात्र घर गरेर बस्ने भयो अब त ।
०२–८–२०७९
१८–११–२०२२