बुटवलमा लैंगिक हिंसाविरूद्ध१६ दिने अभियान शुरु

बुटवल, मंसिर ९ गते । बुटवलमा लैंगिक हिंसाविरूद्धको १६ दिने अभियान शुरु भएको छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन शुक्रबार बुटवल उपमहानगरपालिकामा लैंगिक हिंसाविरुद्धको सेतो रिवन लगाएर शुरुवात गरियो ।
अभियानको शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले लैंगिक हिंसाविरुद्ध उपमहानगरपालिका शुन्य सहनशीलताको नीति लिएर अघि बढेको बताए ।
स्थानीय सरकारका हिसाबले बुटवलले हिंसा न्यूनीकरण गर्न र दोषीलाई कानूनी दायरामा ल्याउनका लागि अग्रपंक्तिमा उभिने प्रमुख पाण्डेले बताए ।
यो अभियान १६ दिनसम्म प्रत्येक वडा र सार्वजनिक स्थलहरुमा सचेतनामूलक कार्यक्रम गर्दै सञ्चालन हुने छ ।
कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले लैंगिक हिंसाविरुद्ध उभिन र हिंसाको कानूनी उपचार खोज्नका लागि आह्वान गरेकी छन् ।
उनले हिंसाविरुद्धको अभियानलाई सामाजिक अभियानका रुपमा अघि बढाउनका लागि सबैसंग आग्रह गरिन् ।
अभियानअन्तरगत वडास्तरमा हस्ताक्षर, अन्तरक्रिया, आत्मसुरक्षा तालिमजस्ता कार्यक्रम सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी गराए । अभियानमा विभिन्न संघसंस्थाहरुको सहभागितामा कार्यक्रमहरु सञ्चालन हुने सामाजिक महाशाखा प्रमुख भुवाप्रसाद लुइटेलले बताए ।