प्यारो बाजे

शुभास जीसी
सेतै फुलेको कपाल
मुज्जा परेको निधार
झुस्स सेता दार्ही
आस्कोट, दौरा र सुरवाल
हरिया जुत्ता
हातमा लौरो
यी मध्य कुनै एउटा
विशेषता भएको
कतै कुनै मान्छे देखे भनें
हजुरबुबा हजुरकै याद आउँछ ।
बटौलीका नुनका कथा
खोले र ढिडोका कथा
वर्षमा एकपटक देख्ने भातका कथा
जुगै बिताउने जिनका भोटाका कथा
हाम्रो लागि कथा नै भएपनि
हजुरबुबा हजुरको सांचो जीवनका
कहानीहरु मध्य
कुनै कुरा कतै कसैले सुनायो भने
हजुरबुबा हजुरकै याद आउछ ।
अर्ती, उपदेश, सम्झाइ र बुझाइ गरेको
कुनै महान आमाबाबु
खोक्दै हातमा चुरोट लिएर
दमको रोगले हेकेर हेकेर गरेको
हस्पिटलमा मृत्यु अघि
जीवनसङ संघर्ष गरेको
जुनै रोगी देखेपनि
हजुरबुबा हजुरलाई नै देखे जस्तो हुन्छ ।
हजुरले हामीलाई त्यागेको
हजुरले आफैलाइ त्यागेको
त्यो कालो रात पछिको
आजको दिन
मैले हजुरको अन्तिम प्राण

हजुरलाइ देखाएको अन्तिम फोटो
बाहेक
केही सम्झिनै सकेको छैन
मेरो हजुर हजुरबुबा
मेरो प्यारो बाजे
हार्दिक श्रद्धाञ्जली ।
काठमाडौ
२०७६–०८–१०