लुम्बिनीमा एमालेका लिला गिरी मुख्यमन्त्री निश्चित

बुटवल, पुस २७ गते । नेकपा एमालेका संसदीय दलका नेता लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने निश्चित भएको छ । रुपन्देहीका तिलोत्तमा निवासी गिरिको नेतृत्वमा सरकार गठनका लागि सत्ता गठबन्धनले प्रदेश प्रमुख समक्ष बुधबार दाबी पेस गरेको छ।
प्रदेश प्रमुखको कार्यालय बुटवलमा सत्ता गठबन्धनसहित २ स्वतन्त्र सांसदसमेत गरी ५८ जनाको हस्ताक्षर लिएर प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गरिएको छ ।
नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा, लोसपा, नागरिक उन्मुक्तिका सांसदहरु र २ स्वतन्त्र सांसदसहित ५८ जनाको हस्ताक्षरमा सरकार गठनको लागि दाबी पेश गरिएको हो ।
लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा, लोसपा र जनमतका ३÷३ सिट छन् । नागरिक उन्मुक्तिसंग ४ सिट र स्वतन्त्र २ जना सांसद रहेका छन् । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका २७, लोसपाका ३ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १–१ जना सांसद छन् ।
सरकार गठनका लागि ४४ सिट आवश्यक पर्ने भएकाले अब कांगे्रसको पक्षमा आवश्यक अनुसार सिट संख्या नपुग्ने भएकाले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरीको निश्चित भएको छ ।
संसदीय प्रणालीमा कानुनी प्रकृया पुराउन मात्र बांकी रहेकाले मुख्यमन्त्रीमा लिला गिरीले प्रक्रिया पुरा गर्नमात्र बांकी रहेको छ ।