रुपन्देहीको तिलोत्तमा मानव सेवा आश्रमका लागि भवन निर्माण

बुटवल, माघ २४ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिका १४ मोक्षधामसंगै मानव सेवा आश्रमको भवन निर्माण गरिएको छ । घरवार बिहिन तथा बेसहाराहरुका लागि भवन निर्माण गरिएको हो ।
बुटवलमा रहेको मानव सेवा आश्रमको भवन सानो र वातावरणमीत्री नभएकाले तिलोत्तमामा भवन बनाईएको हो । सुविधा सम्पन्न भवन निर्माणका लागि ८ करोड २५ लाख खर्च भैसकेको छ ।


भवनको करिव ९० प्रतिशत काम सम्पन्न भैसकेको छ । मानव सेवा आश्रमले उपलब्ध गराएको ८ कठ क्षेत्रफल रहेको जमिनमा २ सय ५० जना बेसहारा अटाउन सक्ने भवन निर्माण गरिएको छ ।
उक्त मानव सेवा आश्रममा अहिले १ सय ८० जना बेसहारा रहेको मानव सेवा आश्रमका अभिभावक लोकनाथ भुसालले जानकारी गराए ।
सुविधा सम्पन्न प्रविधिमैत्री भवन निर्माण पूर्णरप्ले सम्पन्न गर्नका लागि अहिले आर्थिकको अभाव भएको अभिभावक भुसालले बताए ।
बुटवलमा रहेको मानव सेवा आश्रमको भवन सागुरो, वातावरणमैत्री नभएको र भाडा महङो भएपछि मोक्षधामसंग जग्गा मागेर नयां भवन निर्माण गरिएको हो ।
उक्त मानव सेवा आश्रमको भवनमा अभिभावक नभएका घरवार बिहिन, वृद्ववृद्वा, महिला, वालवालिकालाई आश्रय दिएको छ ।