धारापानी सम्पर्क मन्चद्धारा पुस्तक हस्तान्तरण

धारापानी रुपन्देही सम्पर्क मन्चले झन्डै ५० हजार बरावरको पुस्तक हस्तान्तरण गरेको छ । साविकको धारापानी गाविसमा रहेको जनउत्थान सामुदायिक सिकाइ केन्द्रलाई मन्चले विभिन्न विधाका १ सय ४५ थान पुस्तकहरु हस्तान्तरण गरेको हो ।
पुस्तक हस्तान्तरण कार्यक्रममा बोल्दै भूमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले पठन संस्कृतिको विकासमा पुस्ताकलयको विस्तार आवश्यक रहेको बताए । उनले सम्पर्क समाजले गाउँमा शिक्षाका लागि गरेको कामले सकारात्मक सन्देश दिएको बताए ।


कार्यक्रममा बोल्दै भूमिकास्थान नगरपालिकाका वडा नम्वर ३ का वडा अध्यक्ष बालकृष्ण बन्जाडेले धारापानी नाम इतिहास बनेकाले यसको संरक्षणमा लाग्नु अग्रह गरे ।
त्यस्तै वडा नम्वर ४ का वडा अध्यक्ष बाबुराम पन्थीले पुस्तकहरुको अध्ययनका लागि विद्यालयहरुको सहभागिता आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै सम्पर्क मन्चका उपाध्यक्ष देवीराम बन्जाडेले कर्म स्थानबाट जन्मस्थानका लागि केही गर्ने उद्देश्य अनुरुप पुस्तक बोकेर आएको बताए ।
सामुदायिक सिकाई केन्द्रका अध्यक्ष बाबुराम बन्जाडेले पुस्तकहरुको संरक्षण र अध्ययन कार्यलाई चुस्त बनाउने प्रतिवद्धता जनाए ।
शान्ति उच्च मावि धारापानीका शिक्षक विरन्द्र पौडेलले विद्यार्थीहरुलाई सामेल बनाउनु पर्नेमा जोड दिए ।
मन्चका अध्यक्ष टानबहादुर केसिको अध्यक्षता, महासचिव रामप्रसाद भूषालको संचालन र उपाध्यक्ष परसुराम बन्जाडेको स्वागतमा कार्यक्रम भएको थियो ।
मन्चले राजनीति, दर्शन, आध्यात्मिक, साहित्य, आर्युवेदलगाएतका पुस्तकहरु हस्तान्तरण गरेको छ ।