अटिजम केयर सोसाइटी लुम्बिनीमा नयां नेतृत्व चयन, अध्यक्षमा डा. शतिस

बुटवल, चैत्र ६ गते । अटिजम केयर सोसाइटी लुम्बिनीको पांचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । वार्षिक साधारण सभाले डा. शतिस रुपाखेती अध्यक्ष रहेको नयां नेतृत्व चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्ष मधु अर्याल, उपाध्यक्ष गीता श्रेष्ठ, सचिव कृष्ण अधिकारी र कोषाध्यक्षमा धुर्व पाण्डे चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा अर्जुन न्यौपाने, कविराज अर्याल, सकुन्तला तिवारी र शुसील गौतम रहेका छन् ।

उक्त कार्यक्रममा बोल्दै शैक्षिक तालिक केन्द्र रुपन्देहीका कार्यालय प्रमुख टिकाराम अर्यालले अटिजम प्रभावित बालवालिका र अभिभावकलाई तालिम दिनुपर्ने बताए ।
उनले अटिजम प्रभावित बालवालिकालाई कसरी पालनपोषण गर्ने र कसरी उनीहरुलाई अगाडी बढाउन सकिन्छ भन्ने विषयमा अभिभावक जानकार हुनुपर्ने र त्यसका लागि दक्ष प्राविधिकहरुबाट तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

लुम्विनी प्रदेश सामाजिक विकास मन्त्रालयका उपसचिव थानेश्वर ज्ञवालीले अटिजम प्रभावित बालवालिकाका लागि सरकारले छुट्टै स्कुल सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
सामान्य खालका विद्यार्थीलाई भन्दा फरक ढंगले अटिजम प्रभावित बालवालिकालाई पढाई लेखाई गराउनु पर्ने बताउंदै उनले भने – भएकाले तीनै तहका सरकारले अटिजम पाठशाला सञ्चालनका लागि आर्थिक लगानीका साथै शिक्षक दरवन्दीको व्यवस्था गर्नुपर्छ ।
शान्ति नमुना माध्यामिक विद्यालयका प्रध्यानाध्यापक कुलप्रसाद लामिछाने शान्ति नमुना माध्यासिमक विद्याmयमा अबको नयां शैक्षिक सत्रबाट अटिजम पाठशाला सञ्चालन गर्न लागिएको जानकारी गराए ।

अटिजम केयर सोसाइटी लुम्बिनीका अध्यक्ष डा. शतिस रुपाखेतीले शान्ति नमुना माध्यामिक विद्यालयले सञ्चालन गर्न लागेको अटिजम पाठशालालाई टेक्निकल सहयोग गर्ने प्रतिवद्वता जनाए ।

आगमी नयां शैक्षिक सत्रबाट रुपन्देहीको मणिग्रामस्थित शान्ति नमुना माध्यामिक विद्यालयमा अटिजम पाठशाला सञ्चालन गर्ने तयारी गरिएको छ ।
नयां शैक्षिक सत्रदेखि २५ जना विद्यार्थीबाट अटिजम पाठशाला सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकाले दुई जना शिक्षकको दरवन्दी दिएको छ ।
अटिजम केयर सोसाइटी लुम्बिनीका अध्यक्ष डा. शतिस रुपाखेतीको अध्यक्षता र सचिव कृष्ण अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

अटिजम केयर सोसाइटी लुम्बिनीले अटिजम पाठशाला सञ्चालनका लागि शान्ति नमना माध्यामिक विद्यालयलाई टेक्निकल सहयोग गर्ने भएको छ ।