दीपमा शैक्षिक सत्र २०७९ को नतिजा प्रकाशन कार्यक्रम

 

 

 

बुटवल/दीप बोर्डिङ हाई स्कुल बुटवलले एक कार्यक्रमको आयोजना गरि शैक्षिक सत्र २०७९ को नतिजा प्रकाशनसहित पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
सोमवार विद्यालय प्रागणमा आयोजना गरिएको कार्यक्रममा शैक्षिक सत्र २०७९ मा तहगत र कक्षागत प्रथम, द्वितीय र तृतीय हुने कक्षा नर्सरी देखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई पुरस्कृत र अभिभावकलाई सम्मान गरिएको थियो । त्यस अवसरमा विद्यालयमा १० वर्षभन्दा बढी समयसम्म सेवा गर्ने शिक्षक तथा कर्मचारीहरूलाई मायाको चिनोसहित सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रमको उदघाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले देशको उन्नति र प्रगतिका लागि विद्यार्थीहरूलाई सिप र संस्कारयुक्त शिक्षा दिनुपर्ने, विद्यार्थीहरूलाई पढाइ र व्यावहारिक क्रियाकलापप्रति उत्प्रेरित गर्नुपर्ने बताउँदै दीप बोर्डिङ हाई स्कुलले शिक्षाको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको बताए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका कार्यालय प्रमुख दिपेन्द्र ढकालले विद्यार्थीहरूको समुज्वल भविष्यका लागि शिक्षक र विद्यालयको मात्र नभई अभिभावकको पनि रचनात्मक भूमिका हुने बताए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका निमित्त उपकुलपति तथा रजिष्टार डा। तिलक आचार्यले दीप बोर्डिङ हाई स्कुलले शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै आगामी दिनमा यस विद्यालयको थप शैक्षिक सफलताको शुभकामना दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजूको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डे, अभिभावक संघ रुपन्देहीका अध्यक्ष तथा केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, बुटवल उपमहानगरपालिका वडा नं। ८ का वडाध्यक्ष यज्ञप्रसाद पङ्गेनी, रोटरी क्लब अफ बुटवलका अध्यक्ष बोनिन पिया, प्याब्सन बुटवलका अध्यक्ष कुलानन्द पाण्डे, विद्यालय व्यवस्थापन समिति उपाध्यक्ष उमाकान्त चापागाई, उपप्राचार्यत्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, विद्यालय व्यवस्थापन समिति सदस्य वसन्तकुमार जोशी, शिक्षकद्वय पुरुषोत्तम पाण्डेय, विजय सापकोटा, लेखा प्रमुख रेखा श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्राचार्य टीकाराम न्यौपानेले शैक्षिक सत्र २०७९ मा उत्तीर्ण हुने विद्यार्थीलाई हार्दिक बधाई र कार्यक्रममा उपस्थित हुने अतिथि, पत्रकार, शुभचिन्तक र सहयोगीलाई धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा किशोर थापा, विजय सापकोटाको संयोजनमा दीप सांस्कृतिक परिवारका विद्यार्थीहरूले साङ्गीतिक प्रस्तुति र नृत्य प्रस्तुत गरेका थिए । त्यसैगरी दीप साहित्यिक परिवारका विद्यार्थीहरूले शिक्षक पुरुषोत्तम पाण्डेद्वारा लिखित समसामयिक विषयवस्तु समेटिएको हामी कहाँ छौ रु शीर्षकको नाटक प्रदर्शन गरेका थिए भने विद्यालयमा कार्यरत शिक्षिकाहरूले समेत नृत्य प्रस्तुत गरेका थिए ।