वागी उमेद्धारी दिएपछि प्रगतिशील कपिलवस्तुले गर्यो सह–सचिव केसीलाई निलम्बन
कपिलवस्तु । प्रगतिशील पत्रकार संघ कपिलवस्तुले संगठनको निर्णय विपरितका गतिविधिमा संलग्न रहेको भन्दै सहसचिव सारदा केसीलाई संगठनबाट हटाएको छ । पत्रकार महासंघ कपिलवस्तुको आसन्न निर्वाचनमा संगठनको नीति विपरित उम्मेद्वारी दिइएकोमा संगठनको सदस्य समेत नरहने गरी निलम्बन गरिएको प्रगतिशील पत्रकार संघ कपिलवस्तुका अध्यक्ष माधव भाटले बताए ।
संयुक्त लोकतान्त्रिक प्रगतिशील प्यानलमा रहेर निर्वाचनमा जाने निर्णय गरेको प्रगतिशीलले संगठनको निर्णय विपरित कसैलाई पनि जाने छुट नरहेको भाटले बताए । जिल्लाको समिकरणलाई जिताउन उम्मेद्वारी फिर्ता लिन गरिएको आग्रह अटेर गरेको र संगठनको नीति विपरित संगठनलाई आँच आउने कार्य गरेकाले कार्वाही गरिएको विज्ञप्तिमा उल्लेख छ । भाटद्धारा जारी विज्ञप्तीमा समिकरणमा प्रगतिशील पत्रकार संघ प्रतिबद्ध रहेको र जिल्लाको छापलाई कायम राखिने गरी संगठन दृढ रहेको उल्लेख गरेका छन् ।
यही २५ गते हुने पत्रकार महासंघ कपिलवस्तु शाखामा प्रेस युनियनको नेतृत्वमा प्रेस युनियन, प्रेस चौतारी, प्रेस सगठन, प्रगतिशील पत्रकार संघले साझा समीकरण बनाएर चुनावी मैदनमा छन् ।