यस्तो हजुर बलेवाको गाउं


पे्म गायक
यस्तो छ हजुर बलेवाको
हाम्रो गायक गाउं
आउने जाने सबैलाई
मन पर्ने ठाउं ।

अमलाचौर स्कुल मुनि
सानो मेरो गाउंका
गरिवी र भोखमरी
झेल्दै आएको ठाउं ।
न पहिरोले अंठ्याउंला छ
न पहिरोले तान्ला
न त बाककदर लाउला छ
न त बाघले हान्ला ।

न त लाउ छ जुका यहाँ
न जगा भासिन्छ
प्रकृतिको देन संगसंगै
पिरती गासिन्छ ।
कमेरोले पोतिएका
हिमाल जस्तै घर।
यस्तो सुन्दर गरिव वस्ती
अन्त कहाँ छर ?
एक आपसमा मिलती छ
गरिव गन्धर्वका ।दुई शव्द कोरेको छु
आफ्नै सन्धर्वको
गाउं छोडेर हिडे पनि ।
मन त टाढा छैन
कहिकतै गएनी
मेरो गाउं र गाउंकालालाई
म बिर्शिने छैन
न बिर्शिन सक्छु म
न बिर्शिन मिल्छ
बाध्यताले गाउं छोडेनी
जन्म ठाउंमै दिल छ ।
लेखक सामाजिक तथा राजनीतिक व्यक्तित्व पे्रम गायक बाग्लुङ