रोटरी र रोट्याक्ट क्लव अफ मणिग्रामको बैठक र शेयर बजार तालिम

बुटवल, जेठ १४ गते । रोटरी क्लव अफ मणिग्राम र रोट्याक्ट क्लव अफ मणिग्रामको संयुक्त आयोजनामा शेयर बजार सम्बन्धी तालिम दिईएको छ । रोटरी र रोट्याक्ट क्लव अफ मणिग्रामले नियमित बैठकको अवसरमा रुपन्देहीको तिलोत्तमामा शनिबार आफ्ना सदस्यहरुलाई तालिम दिएको हो ।

रोटरी क्लदव अफ मणिग्रामको २ सय ८१ औं र रोट्याक्टर क्लव अफ मणिग्रामको ५२ औं नियमति बैठकको अवसरमा एक दिने शेयर बजार सम्बन्धी तालिमको आयोजना गरिएको हो । रोटरी क्लव अफ मणिग्रामका पूर्व अध्यक्ष अच्युत पन्तले शेयर बजारबारे तालिम दिएका हुन् ।

रोटरी र रोट्याक्ट क्लव अफ मणिग्रामको संयुक्त बैठकबाट पाल्पाको थानीडांडा माध्यामिक विद्यालयमा अध्यनरत छात्राहरुका लागि सेनेटरी पद्वतिको ट्वाइलेट बनाइदिने निर्णय भएको रोटरी क्लव अफ मणिग्रामका अध्यक्ष दुर्गाप्रसाल अर्यालले जानकारी गराए ।


उक्त संयुक्त बैठक तथा तालिमका प्रमुख अतिथि रोटरी क्लव अफ मणिग्रामका पूर्व एशिष्टेन धुर्व धितालले सभ्य समाज निर्माणका लागि रोटरी क्लव र रोट्याक्ट क्लवमा लागेका सबै सदस्यहरु सामाजिक कार्यमा लाग्नु पर्नेमा जोड दिए ।

रोटरी क्लव अफ मणिग्रामका अध्यक्ष दुर्गाप्रसाद अर्यालले मानवीय सेवाका कामहरुलाइृ निरन्तरता दिनुपर्ने रोटरी क्लव र रोट्याक्ट क्लवमा आवद्द सबै सदस्यहरु इमान्दार, नैतिकवान भएर मानवीय सेवामा लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा थानी डांडा माध्यामिक विद्यालय पाल्पाका अध्यक्ष शेरबहादुर थापा, रोटरी संस्थापक अध्यक्ष राजुदेवी खनाल, रोट्याक्ट संस्थापक अध्यक्ष कृष्णप्रसाद वस्याल लगायतले बोल्दै सामाजिक क्षेत्रमा क्रियाशील भएर मानवीय सेवामा जुट्नु पर्नेमा जोड दिए ।

रोटरी क्लव अफ मणिग्रामका अध्यक्ष दुर्गाप्रसाद अर्याल, रोट्याक्ट क्लव अफ मणिग्रामका इलेक्ट पे्रसिडेण्ड गणेशप्रसाद वस्यालको अध्यक्षता र सुरज भण्डारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

रोटरी क्लव अफ मणिग्राम र रोट्याक्ट क्लव अफ मणिग्रामले स्थापना कालदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएका छन् ।